रुरल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
Powered by Blogger.
रुरल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ८८ हजार ५६४.७४ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (सोमबार) अन्तिम दिन हो । यसअघि बैंकले जेठ १६ देखि २२ गतेसम्म संस्थापकलेमात्र भर्न पाउने गरी लिलामीमा ल्याएको थियो । तर यो अवधिमा कुनै पनि सेयर नबिकेपछि सर्वसाधारणले पनि भर्न पाउने गरी पुनः लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम मूल्य ५०१ रुपैयाँ वा यो भन्दा बढी भाउ तोकेर बोलपत्र पेस गर्नुपर्नेछ । आवेदकले आफुले किन्न चाहेको सेयर संख्या तथा आफुले कबोल गरेको कित्ता दर लेख्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा पुग्नेगरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र असार २० गते दिउसो ४ बजे एनएमबि क्यापिटलको कार्यालयमा खोलिनेछ । लिलामीमा सेयर नपाउने लगानीकर्ताको पैसा सेयर बाँडफाँट गरेको पाँचौं दिनदेखि आवेदन बुझाएको केन्द्रबाट भुक्तानी फिर्ता गरिने छ । हाल रुरलको चुक्ता पुँजी ६९ करोड २१ लाख २० हजार रुपैयाँ छ । यसले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ३२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २८० रुपैयाँ २१ पैसा छ ।


Published Date : Monday, July 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...