नेपाल एसबीआई बैंकको साउन ९ गतेदेखि सेयर लिलामीमा
Powered by Blogger.
नेपाल एसबीआई बैंकको साउन ९ गतेदेखि सेयर लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल एसबीआई बैंकको साउन ९ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ६९ हजार ५२.६० कित्ता सेयर लिलामीमा आउने भएको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद साउन १६ गतेसम्म तोकिएको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत एसबिआइले यसअघि जेठ ७ेदेखि असार ११ गतेसम्म १ करोड ९९ लाख १९ हजार ४२३.६० (४०%) कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा त्यसभन्दा बढीको लागि १० ले भाग जाने गरी बैंकको हाल कायम चुक्ता पुँजीको ०.५% भन्दा बढी नहुने गरी आवेदन दिन सकिनेछ । १० लाख रुपैयाँसम्म आवेदन दिनेले स्वेच्छिक रुपमा र १० लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

आवेदनका साथमा चेक बुझाउने भए एनएमबि क्यापिटलको नाममा जारी गरिएको नेपाल क्लियरिङ हाउसको सदस्य भएको बैंक तथा वित्तिय संस्थाको गुड फर पेमेन्ट गरिएको एकाउन्ट पेयी चेक पेस गर्नुपर्नेछ । बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं वा नेपाल एसबीआई बैंकिङ लिमिटेड हात्तिसार काठमाडौंमा पुग्नेगरी फारम बुझाउनुपर्नेछ । बोलपत्र साउन १७ गते दिउसो ३.३० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खेलिनेछ । 


Published Date : Sunday, July 16, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...