सहयोगी विकास बैंकको आयो १६ हजार ३८६ कित्ता सेयर लिलामीमा

काठमाडौं - सहयोगी विकास बैंकको आज (बिहीबार) देखि सर्वसाधारण समूहको १६ हजार ३८६ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने साउन ५ गतेसम्म तोकिएको छ । यसअघि सहयोगीले जेठ १ देखि असार ४ गतेसम्म ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो । सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।

बोलपत्र साउन ६ गते सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंमा खोलिनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्दैछ । हाल सहयोगीको चुक्ता पुँजी ३१ करोड ४६ लाख १० हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि बैंकको चुक्ता पुँजी ४२ करोड ४७ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले ९ करोड २९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४१ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३३ पैसा छ । 
प्रकाशित : Thursday, July 13, 2017
Loading...

recent

Popular Posts