साउदीलगाएतका अरबी मुलुकद्वारा माग पुरा गर्न कतारलाई ४८ घण्टा समय थप
Powered by Blogger.
साउदीलगाएतका अरबी मुलुकद्वारा माग पुरा गर्न कतारलाई ४८ घण्टा समय थप


एजेन्सी । साउदी अरब र अरु तीन अरबी मुलुकले कतारविरुद्धको प्रतिबन्ध हटाउन राखेको शर्त पूरा गर्ने समय थप ४८ घण्टा बढाएका छन् ।

कतारले आतंकवादीलाई सहयोग गरेको, कतारी सरकारको लगानी रहेको अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने, इरानसँगको दूरी बढाउनुपर्ने, कतारमा रहेको टर्किस सेनाको अखडा बन्द गर्नुपर्ने उनीहरुको माग छ ।

माग पूरा नभए थप नाकाबन्दी सामना गर्न तयार रहन पनि उनीहरुले कतारलाई चेतावनी दिएका छन् । कतारले भने आरोपलाई अस्वीकार गर्दै आएको छ ।

कतारविरुद्ध नाकाबन्दीमा उत्रिएका मुलुकका विदेशमन्त्रीहरुले कतार गएर यस विषयको औपचारिक पत्र बुझाउने बताएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद विनले १३ बुँदे सर्त अस्वीकार गर्दैै वार्तामा बस्न भने तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : Monday, July 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...