×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेती फाइनान्सले लिलामीमा सेयर नपाउनेलाई दिन थाल्यो पैसा फिर्ता

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौं – सेती फाइनान्सले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा सोमबारदेखि फिर्ता दिन सुरु गरेको छ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौंबाट पैसा फिर्ता लिन सकिनेछ । सेतीले हकप्रद निष्कासनका बेला नबिकेको संस्थापक समूहको एक लाख ८३ हजार २३५.८६ कित्ता र सर्वसाधारण समूहको ६६ हजार ६८२.१४ कित्ता सेयर फागुन ११ देखि १९ गतेसम्म लिलामीमा बिक्री गरेको थियो । 
 लिलामी सेयरको बाँडफाँट फागुन २३ गते भएको थियो । सोही लिलामीमा सेयर नपरेका लगानीकर्ताको पैसा देखि फिर्ता दिन थालिएको हो । हाल सेतीको चुक्ता पुँजी ६ करोड ३४ लाख ५२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेतीले ४८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: