×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् एमालेबाट निर्वाचित २३ बर्षिय ‘कान्छी’ उपमेयर


कपिलवस्तु । नकपा एमालेबाट चुनाव लडेकी शिवकुमारी चौधरी सबैभन्दा कम उमेरकी कान्छी उम्मेदवार बनेकी छिन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा एमालेबाट उपमेयरमा उम्मेदवार बनेकी २३ वर्षीया शिवकुमारी चौधरी सबैभन्दा कम उमेरकी कान्छी उम्मेदवार बनेकी हुन् ।

उनले शिवराज नगरपालिकामा लोकप्रियमत लिएर विजयी भएकी हुन् । उनले ५ हजार ९ सय ६२ मत ल्याएर उपमेयर बेनकी हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत पाएकी छन् ।

शिवराज नगरपालिकाको मेयरमा एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये ६ हजार १ सय ५५ मत पक्षमा पारेर अधिकारी मेयर बनेका हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: