सनराइज बैंकको ३०% हकप्रद भर्ने आज अन्तिम दिन
Powered by Blogger.
सनराइज बैंकको ३०% हकप्रद भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सनराइज बैंकको ३०% हकप्रद भर्ने आज (सोमबार) अन्तिम दिन हो । आवेदकहरुले आज बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । सनराइजले जेठ १६ गतेदेखि १०ः३ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता सेयर बिक्री खुला गरेको हो । वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिनसक्नेछन् । हाल सनराइको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ३२ लाख १२ हजार रुपैयाँ रहेको छ । हकप्रदपछि सनराइजको चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७५ हजार ७०० रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सनराइजले ३०% हकप्रद सेयरको बाटो रोजेको हो ।

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैह्रीधारा क्रसिङ्ग काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।


प्रकाशित मिति : Monday, July 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...