तिनाउ विकास बैंकको १७.१२ प्रतिशतlले बढ्यो नाफा
Powered by Blogger.
तिनाउ विकास बैंकको १७.१२ प्रतिशतlले बढ्यो नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा तिनाउ विकास बैंकले १७.१२ प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ । बैंकले यसपालि खुद नाफा ९ करोड ६७ लाख २० हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको नाफा ८ करोड १ लाख ६० हजार रुपैयाँमात्र थियो । बैंकले खुद ब्याज आम्दानी पनि ३५ प्रतिशतले बढाएर २० करोड ५८ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी १३ करोड ३७ लाख रुपैयाँ थियो । तिनाउले गत वर्ष ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा तिनाउले ३ अर्ब २८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकले अघिल्लो वर्षको तुलनामा १६.०५ प्रतिशतले कर्जा लगानी बढाएको छ । बैंकको कर्जा लगानी ३ अर्ब २४ करोड ६१ लाख रुपैयाँ छ । तिनाउले अघिल्लो आवमा २ अर्ब ७२ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले ७५ लाख रुपैयाँ राइट ब्याक गर्दा १ करोड ४६ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा बैंकको रिजर्भ कोषमा १४ करोड ४३ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ भने चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी गत वर्षको भन्दा ३४.९९ प्रतिशत बढी हो । बैंकको खराब कर्जा बढेर ०.७५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.०६ प्रतिशत थियो । कस्टअफ फन्ड पनि बढेर ८.१९ प्रतिशत पुगेको छ । अघिल्लो आवमा बैंकको कस्ट अफ फन्ड ५.५१ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३१.३२ रुपैयाँ छ ।


Published Date : Friday, July 21, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...