तिनाउ विकास बैंकको ३१ हजार ४९७ कित्ता सेयर आजदेखि लिलामीमा
Powered by Blogger.
तिनाउ विकास बैंकको ३१ हजार ४९७ कित्ता सेयर आजदेखि लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - तिनाउ विकास बैंकले आज (मंगलबार) देखि सर्वसाधारण समूहको ३१ हजार ४९७.५१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । बैंकको अहिलेको बजार मूल्य भने ३०९ रुपैयाँ छ । सेयरका लागि असार २७ गतेसम्म आवेदन दिन पाइनेछ । यसअघि तिनाउले वैशाख १९ गतेदेखि जेठ २२ गतेसम्म ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद नबिकेपछि बैंकले सर्वसाधारण समूहको बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले तिनाउ विकास बैंकको केन्द्रीय कार्यालय बुटवल र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र असार २८ गते सिद्धार्थ क्यापिटलको कार्यालयमा खोलिनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ३९ करोड ६६ लाख ६७ हजार रुपैयाँ छ । यो लिलामीमा सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१.८८ रुपैयाँ पुग्नेछ । तेस्रो त्रैमासमा बैंकले ७ करोड ८० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तिनाउको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा छ ।

प्रकाशित मिति : Tuesday, July 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...