×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मधेसमा कमाण्ड समाले एमाले केन्द्रीय नेताहरुले, सचिवालयलमा नै केन्द्रीय नेताहरुको खटपट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एमालेका महासचिव इश्वर पोखरेलको नेतृत्वका प्रदेश नम्वर २ को स्थानीय निर्वाचनलाई लक्षित गरी एमालेले आफ्ना केन्द्रीय नेताहरुलाई मधेसमा खटाएको छ । खटिएको एमाले पदाधिकारीहरुको टोली मधेस पुगिसकेको छ ।
तीन ठाउँ बीरगन्ज, जनकपुर र लहानलाई एमालेले मुख्य केन्द्रीय सचिवालय स्थापना गरेको छ । सचिवालयलमा नै केन्द्रीय नेताहरुको खटपट हुनाथालेको छ । महासचिव इश्वर पोखरेल बीरगन्ज, उपमहासचिव बिष्णु पौडेल वारा, अर्का उपमहासचिव घनश्याम भूसाल रौतहतले कमाण्ड समालेका छन् भने पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालदेखि स्थायी कमिटी सदस्यहरु मधेस कमाण्ड समालिसकेका छन् । 
त्यसैगरी सचिव योगेश भट्टराई धनुषा, गोकर्ण बिष्ट सर्लाही, भीम आचार्य सप्तरी, पृथ्वीसुब्बा गुरुङ महोत्तरी र प्रदीप ज्ञवाली लहान खटिएका छन् ।
सवै केन्द्रीय नेताहरुले आफ्ना प्रतिस्ठाका बिषय बनाउदै मधेस क्षेत्रमा खट्टिएका छन् । २ नम्वर प्रदेशका एमाले संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीलाई सचिवालयको जिम्मा लगाएको छ । त्यसैगरी मधेसका सवै जिल्लामा प्रशिक्षण कार्यक्रम पनि एमालेले राखेको छ । प्रशिक्षण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल सवै जिल्लामा पुग्ने भएका छन् । उनले पहिलो आफ्नो कार्यक्रम बाराबाट सञ्चालन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: