अदालतले कैद सजाय सुनाएपछि सनराइज बैंकका चिफ मेनेजर फरार, यस्तो छ उनको बायोडाटा !
Powered by Blogger.
अदालतले कैद सजाय सुनाएपछि सनराइज बैंकका चिफ मेनेजर फरार, यस्तो छ उनको बायोडाटा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - सनराइज बैंकमा चिफ मेनेजर अरुण पराजुली फरार भएका छन् । अदालतले दुइ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने र बिगो समेत भराउने फैसला सुनाएपछी उनी फरार भएका हुन् । नक्कली सरकारी छाप बनाई नागरिक उड्डयन प्राधिकरणको जग्गा किर्ते गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले उनलाई दोषी ठहर गरेपछि उनी फरार भएका हुन् । जिल्ला अदालत भक्तपुरका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले पराजुुलीलाई दोषी करार गर्दे जरिवाना तथा कैदको सजाय सुनाएको थियो । उक्त सजाय सुनाउने बितिकै उनी फरार भएका हुन् । यस्तो त यसअघि सार्वजनिक जग्गा किर्ते र जालसाजी गरेको अभियोगमा उनी केहि समय जेल परेका थिए भने जेलबाट निस्किएको केहि समयपछी उनी सनराइज बैंकमा आवद्ध भएका थिए।

को हुन् अरुण पराजुली ?
भारतीय बोर्ड अन्तर्गतको चार्टडएकाउन्टेन्सी अध्ययन गर्दै गरेका उनले सिए फाइनलको एक ग्रुप उतीर्ण गरेका छन् । सिएमा पटकपटक फेल भएपछि उनी अफगानस्थान गएका थिए । त्यहाँ अफगानस्थान इन्टर्नेशनल बैंकमा चिफ फाइनान्स अफिसरको रुपमा काम गर्न गएका थिए । नेपाल कमर्स क्याम्पसबाट मास्टर्ससमेत गरेका उनले त्यसपछि कृषि बिकास बैंकमा काम गरेका थिए । कृषि बिकास बैंकमा ट्रेजरी विभागमा काम गरेका उनले सिए फर्म टिआर उपाध्याय एण्ड कम्पनीमा समेत काम गरेका थिए । उनी निकट एक चार्टड एकाउन्टेन्टले दिएको जानकारी अनुसार उनी त्यसपछि एनआइसी एसिया बैंक हुँदै सनराइज बैंकमा कार्यरत हुन पुगेका थिए । केहि समय जेल परेको व्यक्ति भएको भएपनि सनराइज बैंकमा डेपुटी जनरल मेनेजर रोबिन नेपाल र सीईओ रत्नराज बज्राचार्यको संरक्षणमा उनी सनराइजमा आवद्ध भएको स्रोतको दावी छ।

प्रकाशित मिति : Sunday, July 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...