×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किन असारमै ‘सनक’ चढ्छ एमाले नेताहरुहरुलाई ?

  • डीआर नेपाल 
जव- जव झरीको सिजन लाग्छ, तव-तव एमालेका नेताहरुमा के चढ्छ कुन्नि, केहि नै केहि उट्फट्याङ गरिहाल्छन् एमाले नेताहरु । संयोग हो वा असारमा त्यस्तै काउकुती हुन्छ कुन्नि, एमालेलाई असार लागेपछि बेला बेलामा दशा पनि लाग्छ । हरि पराजुली कृषि मन्त्री हुँदाको काण्ड होस् वा पछिल्लो राम कुमारी झाँक्रीले भोजराज सरलाई गरेको गाली, सबैका संयोग महिना असार नै छन् । 
केहि बर्ष अघि असार १५ कै दिन एमालेबाट मन्त्री भएका हरि पराजुलीलाई सनक चढ्यो । एक महिलामाथि दुर्व्यवहार गरेपछि उनले यति दवाव खेप्नुपर्यो कि अन्तमा उनले राजीनामा दिनुको विकल्प भएन । असार १५ गते धान दिवसको दिनमा एक कार्यक्रममा काठमाडौंको मुलपानी पुगेका पराजुलीले महिलामाथि अभद्र व्यवहार गरेपछि चौतर्फी आलोचनामा परेका थिए । उनका कारण एमाले पार्टीमाथि कारबाही गर्न चर्को दवाब परेपछि ओली र गृहमन्त्री बामदेव गौतम उनलाई हटाउने निर्णयमा पुगेका थिए । स्दन, र समाजिक संजालमासमेत मन्त्री पराजुलीको गतिबिधिप्रति चर्को अलोचना भएको थियो ।
असारको पूर्वार्दमा त्यस्तै सनक चड्यो एमालेबाट काठमाडौँबाट मेयर बनेका विद्या सुन्दर शाक्यलाई । के के न गर्लान् भनेको त मेयर भएपछि हत्त न पत्त आफैंलाई मोबाइल किन्ने निर्णय गरे । नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिने भन्दै बैठकमा निर्णय भयो । नगरकार्यपालिका सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य छन् । यसरी हेर्दा नगरकार्यपालिका सदस्यका लागि मोबाइल किन्न मात्र १२ लाख खर्च हुने थियो । मेयर र उपमेयरले किन्ने मोबाइलको खर्च छुट्टै हुने थियो । यो निर्णयको पनि चर्को विरोध भयो । अन्तत यो निर्णयपनि फिर्ता भयो ।
एमाले नै भएपनि राष्ट्रपतिलाई आजका दिनमा एमाले कोटामा राख्न मिल्दैन । तर यथार्थमा जाने हो भने उनी एमालेलाई पनि असार मै १६ करोडको गाडी वाला सनक चढेको छ । जसका कारण उनको सर्वत्र आलोचना भइरहेको छ । अव यो असारमा नै एमालेलाई सनक चढ्नुको कारण के हो ? यो संयोग हो वा अरु केहि ? छुट्याउने जिम्मा तपाईंहरुकै !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: