×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पक्राउ नपरेको भन्दै ढाँटे बद्रीले, यस्तो छ बद्री पक्राउ प्रकरणको नालीबेली

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम  

काठमाडौँ- जुवा खालमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका बद्री पंगेनीले आफु पक्राउ नपरेको दावी गरेका छन् । तर यो झुट भएको प्रमाणित भएको छ । आफूलाई प्रहरीले पक्राउ नगरेको र मिटिङमा रहेको दाबी पंगेनीको थियो । उनले प्रेस बिज्ञप्ति नै जारी गरेर यस्तो बताएका थिए । तर यस्तो दावी गरेको आधा घण्टापछि पंगेनीलाई प्रहरीले भ्यानमा हालेर बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुर्‍याएको थियो ।

उनी मंगलबार बेलुका ७ बजे लक्ष्मी गुरुङको फ्ल्याटबाट पक्राउ परी रातभर र आज विहान १० बजेसम्म प्रहरी महानगरीय प्रहरी प्रभाग बुदानीलकण्ठको थुनुवा कक्षमा रहेको त्यहाँ रहेकोरेकर्डमा स्पष्ट देखिन्छ । 

उता, उनले बैठकमै छु भनेको प्रतिष्ठानको बैठकमा बद्री उपस्थित हुन नसकेपछि नियमअनुसार वरिष्ठ उपाध्यक्ष रमेश वीजीको अध्यक्षतामा बस्ने तयारी चलिरहेको थियो । बद्रीले पक्राउ नपरेको दाबी गरे पनि प्रहरीले प्रशासन कार्यालयमा पेस गरेको कागजमा उनले नै ल्याप्चे लगाएको र हस्ताक्षर गरेको देखेपछि उनले ढाँटेको प्रमाणित भयो र अन्तत: बद्री पंगेनीले झुट बोलेको तथ्यपनि बाहिरियो ।
को को छन् पक्राउ पर्नेमा ? होला त कारवाही ?मंगलबार पक्राउ पर्नेहरूमा थिए, नगेन राई, विकास गुरुङ, सरोज श्रेष्ठ, विजय सिंह, खडक तामाङ, लक्ष्मी गुरुङ, बद्री पंगेनी, सुमन श्रेष्ठ, खडक गुरुङ र कुलबहादुर घले, जसमा पंगेनीको उमेर ३८ वर्ष उल्लेख गरिएको छ। जुवा खेलेर होहल्ला गरेको अभियोगमा पक्राउ परेका लोक गायक बद्री पंगेनी रिहा भएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: