×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्रान्तिकारी अान्दोलनको नेतृत्व विप्लवले मात्रै गर्नसक्ने भन्दै वैद्यका १५० नेताद्वारा पार्टी परित्याग

नेकपा (क्रान्तिकारी माओवादी)का १ सय ५० नेता-कार्यकर्ता विद्रोह गरी छुट्टै संगठनको घोषणा गरेका छन् ।
काठमाडौंमा बसेको भेलाले ठमान सिंह तामाङको नेतृत्वमा ‘माओवादी राष्ट्रिय युवा संयोजन समिति, नेपाल’ घोषणा गरेको छ । क्रान्तिकारी माओवादी अकर्मण्यता र ढुलमुलमा अल्झेकोले अाफूहरुले पार्टी विभाजन गरेको संयोजक तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले टुटफुट र विभाजनबाट अलमलिएका नेता-कार्यकर्ताहरुलाई भ्रममा नपरी माओवादी आन्दोलनको रक्षा र एकताका आह्वान समेत गरेका छन् ।
विज्ञप्तिमा नेपालको क्रान्तिकारी अान्दोलनको नेतृत्व विप्लवले गर्ने विश्वास व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेशको तयारी जानकारी पनि गराइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: