×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सार्वजनिक भयो प्रतिवेदन, चुडामणि शर्मासँगको मिलेमतोमा कुन बैंकले कति कर मिनाहा पाए ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कर फर्छ्योट आयोगको आडमा अरवौं रुपैयाँ कर मिनाहा गरेको भन्दै अहिले शर्मा अख्तियारको हिरासतमा छन् । उनीसँगै आयोगमा रहेका दुइ सदस्य अहिले फरार छन् । यो बीचमा कुन संस्थाले कति कर मिनाहा पाए भन्ने तथ्य सार्वजनिक भएको छ । आयोगले कुन संस्थाको कति कर मिनाहा गरेको र कति कर उठाएको पनि तथ्यसहितको प्रतिवेदन सार्वजनिक भएपछि नेपालका कुन कुन बैंकले कति कर तिरेर कति मिनाहा पाए भन्ने तथ्यसमेत सार्वजनिक भएको छ । 
सिद्धार्थ बैंक कर मिनाहा गर्न सबैभन्दा पहिला आयोग पुगेको खुलेको छ । बैंकले ३६१९८२१ रुपैयाँ मिनाहा पाएर कुल ९० लाख कर तिरेको थियो । यता हिमालयन बैंकले ६५५१०६० रुपैयाँ अर्थात आधा नै कर मिनाहा पाएर ६५ लाख तिरेको खुलेको छ ।
प्राइम बैंकले मोटो रकम कर मिनाहा पाएको छ । बैंकले १२५३६८६५ रुपैयाँ मिनाहा पाउँदा जम्मा ११ लाख तिरेको छ भने साना किसान बैंक लिमिटेडले १२५५०१४३ रुपैयाँ मिना पाउँदा १७१०८००० रुपैयाँ कर तिरेको छ । यस्तै पटक पटक विवादमा आइरहने कुमारी बैंकले समेत कर मिनाहा पाएको खुलासा भएको छ । १२९५९६४२ रुपैयाँ कर मिनाहा पाउँदा जम्मा ७१००००० रुपैयाँ कर भुक्तानी गरेको छ । यस्तै बैंक अफ काठमाडौँले १८००००० रुपैयाँ कर तिरेर १३३६२१७१ रुपैयाँ कर मिनाहा पाएको छ ।
यता सनराइज बैंकले १४१३४७८६ रुपैयाँ कर मिनाहा पाउँदा जम्मा ५१००००० रुपैयाँ कर भुक्तानी गरेको पाइएको छ भने स्ट्याण्डर्ड चार्टड बैंकले ४५००००० रुपैयाँ तिरेर २०७७२७६३ रुपैयाँ कर मिनाहा पाएको छ । नेपाल बंगलादेश बैंकले ४२७५०५९४ रुपैयाँ कर मिनाहा पाउँदा उसले जम्मा १०४००००० रुपैयाँ कर तिरेको छ ।
यसो त कतिपय बैंकको जरिवाना मिनाहा गरेर सावाँ उठाउने प्रयास पनि भएको छ । आयोगले सहि नियतले काम गरेको खण्डमा गर्नुपर्नेचाहिं यहि थियो । प्रभु बैंकले ५०८५७३९८ मिनाहा पाउँदा २५ लाख रुपैयाँ कर तिरेको छ भने एनआइसी एसिया बैंकले ९० लाख रुपैयाँ तिर्दा कुल ४८६७०५७९ रुपैयाँ छुट पाएको छ ।
सिटिजन्स बैंकले १२१००००० रुपैयाँ कर बुझाउँदा ६३०४७६९६ रुपैयाँ मिनाहा पाएको छ । यता नेपाल बैंकले ९८११६९४८८ रुपैयाँ कर मिनाहा पाउँदा ३४११३०५१२ रुपैयाँ कर तिरेको छ भने कृषि बिकास बैंकले १९३००००००० रुपैयाँ कर तिरेर १९८९८२८१८३ रुपैयाँ कर मिनाहा पाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: