×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भीमदत्तनगरमा यस्तो तनाव ! मतगणना स्थगित, स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर ५ घाइते !

भीमदत्तनगर –  मतपरिणामको विषयलाई लिएर तनाव उत्पन्न हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भइरहेको छ । झडपमा प्रहरी र केही आन्दोलनरत पक्ष घाइते भएका छन् । 
पुनर्वास नगरपालिका–१ मा फर्जी मत भेटिएको भन्दै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले असन्तुष्टि जनाएपछि मतगणना स्थगित भएको छ । काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ को मतपरिणामका विषयमा असन्तुष्टि जनाउँदै मतगणनास्थलमा नाराजुलुस गर्दै आइरहेका थिए । 
सोही क्रममा प्रहरी र आन्दोलनरत पक्षबीच झडप हुँदा नेपाल प्रहरी र म्यादी प्रहरी गरी पाँचजना घाइते भएका छन् । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी सहायक निरीक्षक देवबहादुर थलाल घाइते भएका छन् । 
प्रहरीले स्थिति तनावपूर्ण बनेपछि शनिबार बेलुकी केही राउन्ड हवाईफायर र छ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । वडा नं १ को वडाध्यक्षमा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित निर्वाचित भएका थिए । 
असन्तुष्ट पक्षले खसेको मतभन्दा ११३ मत बढी भेटिएको दाबी गरेका छन् । पुनर्वास नगरपालिकामा कुल १९ हजार ९८८ मत खसेको थियो जसमा ५० प्रतिशत मत गणना भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: