×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘माओवादीलाई जिताएर एमाले हराउने तै हैनस्’ भन्दै कुटेपछि भुजेलको हातखुट्टा भाँचियो !

भोजपुर – स्थानीय तह निर्वाचन दोस्रो चरणको मत परिणाम आउने क्रम जारी रहेकै बेला राजनीतिक दलका कार्यकर्ताहरुबीच कुटाकुट सुरु भएको छ । एकले अर्कालाई हराएको भन्दै यस्तो कुटाकुट भएको हो । यस्तै नेकपा माओवादी केन्द्रलाई जिताउन सहयोग गरेको भन्दै एमाले कार्यकर्ताले भोजपुरमा एक स्थानीयलाई निर्घात कुटपिट गरेका छन् । 
भोजपुरको रामप्रसादराई गाउँपालिका–१ मा माओवादी केन्द्रका वडाअध्यक्षका उमेदवारलाई सहयोग गरेको भन्दै स्थानीय डम्बर भुजेललाई कुटपिट गरेका हुन्। गत विहीबार आफ्नै घरमा ५ बर्षका छोरा र ३ बर्षकी छोरीसंगै सुतिरहेको बेला मध्यरातमा उठाएर एमाले कार्यकर्ताले आफूलाई निर्घात कुटपिट गरेको भुजेलको आरोप छ ।
कुटपिटमा एमाले कार्यकर्ताको साथमा माओवादी केन्द्रकै जिल्ला सचिवलय सदस्य पुष्प राई (यावा) को समेत संग्लनता रहेको भुजेलले आरोप लगाए । झण्डै १२ जनाको समूहमा आएका एमाले कार्यकर्ताहरुले ‘माओवादीलाई जिताएर एमाले हराउने तै हैनस्’ भन्दै आफूमाथि निर्घात कुटपिट गरेको उनले बताएका छन् ।
कुटपिटबाट दाहिने हात र देव्रे खुट्टा भाँचिएका भुजेललाई उपचारका लागि सदरमुकाम भोजपुर लागिएको भएपनि त्यहा सम्भव नभएपछी थप उपचारकालागि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लागिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: