×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेयरले देखाए औकात, निर्णय फिर्ता लिएको नाटक गरेरपनि किनेरै छाडे मोवाइल (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य जनताको भावना विपरित कुन हदसम्म लाग्दा रहेछन् भन्ने तथ्य फेला परेको छ ।  यसअघि मेयर शाक्यले आफू र उपमेयरको लागि मोवाइल फोन खरिदको मूल्य नतोकिएको भएपनि वडा अध्यक्षलाई ३० को मोवाइल सेट खरिद गर्ने निर्णय गरेका थिए । उनको निर्णयले मेयर र उपमेयरले जस्तोसुकै महंगो मोवाइल खरिद गर्न पाउने भन्ने थियो ।
उक्त निर्णयको चौतर्फी विरोधपछि मेयर शाक्यले विज्ञप्ति निकालेर निर्णय कार्यान्वयन नगर्ने बताएका थिए । तर, मेयर भएर नयाँ मोवाइल नै चलाउने इक्षा भएपछि कसको के लाग्दो रहेछ र । उक्त निर्णय भोलीपल्टै कार्यान्वयन गरेको भेटिएको छ । मिति २०७४ असार ७ गते नै महानगरले मोवाइल सेट खरिद गर्ने निर्णयको लागि रकम निकासा गरेको छ । अर्थ सरोकार डटकमलाइ प्राप्त प्रमाण अनुसार शिर्षक नं.१४०१०० मा ३० हजार निकासा गरिएको छ । मेयर शाक्यको प्रस्तावमा मोवाइल खरिद गर्ने निर्णय ६ गतेको वोर्ड बैठकले गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: