×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डिम्याट खातामा बोनस सेयर नआउँदा सेन्चुरीका ग्राहकलाई सास्ती ! विशेष साधारणसभामा उठेको सेयरधनीको आवाज ‘रद्दीको टोकरी’मा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यसैपनि सेन्चुरीको ग्राहक हुँदा खाता खोल्दादेखिनै रिस्क भएको चर्चा उठ्ने गरेको छ । केहि समयअघि ग्राहकले खाता खोल्न दिएको नागरिकता नै दुरुपयोग भएको पाईएपछी बैंक विरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । पछिल्लो समय सेन्चुरीका ग्राहकहरुले डीम्याट खातामा बोनस सेयर नआउँदा सास्ती खेप्नुपरेको छ ।
बोनस बितरणका समयमा कर वापतको रकम बितरण नगर्दा सेञ्चुरी कमर्शियल बैंकका लगानीकर्ताले यस्तो सास्ती खुप्नु परेको हो । बैंकले सेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयरको कर तिर्न सूचना निकालेको थियो ।
बैंकले बोनस वापतको कर रकम भुक्तानी गरेपछि सोको भौचर सहित निवेदन समेत लेखेर सिभिल क्यापिटल सुनधारामा बुझाउन भनेको छ । उक्त भौचर तथा निवेदन बुझाएपछि मात्र बैंकले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गर्नेछ ।
सेञ्चुरीको विशेष साधारणसभामा समेत सेयरधनीले यसरी हुने सास्तीबारे चर्को आवाज उठाएका थिए । तर सेयरधनीको उक्त आवाजपनि रद्दीको टोकरीमा फालिएको छ । आफुलाई ब्रान्डेड बैंक भनेर चिनाउन रुचाउने सेन्चुरी बैंक बिगत केहि समयदेखि निरन्तर विवादमा तानिँदै आएको छ । कहिले सुन काण्ड त कहिले नागरिकता दुरुपयोग । त कहिले अहिलेको जस्तो सास्ती ! यी सब कारणहरुले गर्दा सेन्चुरीमा कारोबार गर्नुअघि २ पटक सोच्न सेन्चुरीकै ग्राहकहरुले अरुलाई सल्लाह दिन थालेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: