×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साउन ११ गते बिहिबार चन्द्रागिरीका पूजारी भागे, जीएम अविषेक विक्रम शाह लुके ! यस्तो थियो कारण !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साउन ११ गते बिहिबारको कुरा हो, चन्द्रागिरी हिल्स लिमिटेडको पछिल्लो अपडेट लिन स्थलगत रिपोर्ट बनाउन अर्थ सरोकार समूह चन्द्रागिरी हिल्स परिसरमा पुग्यो । चन्द्रागिरी हिल्स लिमिटेडले नक्कली मन्दिर बनाएर भालेश्वर महादेवका नाममा व्यापार गरिरहेको खबरबारे पछिल्लो अपडेट लिन हामी त्यहाँ गरेका थियौं । यसअघि भालेश्वर मन्दिरको सक्कली शीलालाई लथालिङ्ग पाराले छोडेर कम्पनीले आफैंले बनाएको इक्षापुरेश्वर महादेवको मन्दिरलाई नै भालेश्वर भन्दै मनपरी ढंगले प्रचार गरेपछि स्थानीयको अत्याधिक विरोध भएको थियो । भालेश्वरको सक्कली मुर्ति देखिने स्थानमा नै थियो । 
आफ्नो असली कर्तुत बाहिरिएपछी धर्मका नाममा व्यपार गर्ने आफ्नो उदेश्यमा आँच आउने भएपछि स्थानीयलाई मनाएको जस्तोपनि हुने र आफुलाई पनि फाइदा हुने भन्दै कम्पनीले भालेश्वर महादेवको सक्कली मुर्ति नदेखिने गरी सोहि परिसरमा व्यवस्थापन गरेको थियो । यहि बारे बुझ्न गएका अर्थ सरोकारकर्मीलाई ‘फेस’ गर्न नसकेर कम्पनीको मार्केटिङको जिम्मेवारी पाएको चन्द्रागिरि हिल्स लिमिटेडका जीएम अविशेक विक्रम शाह चन्द्रागिरी परिसरमै लुकेका थिए भने हाम्रो प्रश्नपछी मन्दिरका पूजारी भागेका थिए । 

यसरी लुके चन्द्रागिरी हिल्सका जीएम 
हामीले बिहिबार आफुहरु चन्द्रागिरी आउने र त्यहाँको बस्तुस्थितिका बारेमा केहि सोध्नुपरे कसलाई सोध्ने हो भनी कम्पनीका संचालक समेत रहेका अम्बिका प्रसाद पौडेललाई सोधेका थियौं । उनले केहि बुझ्नुपरे कम्पनीका जीएम समेत रहेका अविशेक विक्रम शाहलाई सोध्नु भनी उनको नम्बर समेत दिए । बिहिबार पूर्वनिर्धारित कार्यक्रम अनुसार हामी विहान साढे ११ बजे चन्द्रागिरी हिल्स पुग्यौं । हामी चन्द्रागिरी नपुग्दै कम्पनीको कार्यालयबाट फोन समेत आएको थियो । 
‘तपाईं चन्द्रागिरी घुम्न जाँदै हुनुहुँदो रहेछ । हामीले केहि सहयोग गर्नु पर्छ कि ?’ कम्पनीकि एक महिला कर्मचारीले आफुले अथितिको भ्रमण व्यवस्थापन गर्ने जिम्मा पाएको बताउंदै केहि सहयोग परे गर्ने बताईरहेकी थिईन् । ‘टिकेट भनिदिन्छु नि है !’ उनले हामीसँग टेलिफोनमा भनिन् । तर दुइ जना रहेका हामीमध्ये एकजनासँग कारोबार दैनिकको ग्राहक बनेर पाएको टिकेट थियो भने एक जनाले ७०० रुपैयाँ तिरेर टिकेट काटेका थियौं । हामीले चन्द्रागिरीका बारे केहि सोध्नुपर्ने खबर गर्छौं भनेर फोन राख्यौं ।
चन्द्रागिरी हिल्स पुगेर हामीले पछिल्लो अपडेट लियौं । भालेश्वर महादेवको मूर्ति नदेखिने गरी राखिएको रहेछ । र नक्कली भालेश्वर मन्दिरका अगाडी फोटो खिचाएर कमाउ धन्दा चलीरहेको रहेछ उक्त कम्पनी परिसरमा । हामीले यस विषयमा कम्पनीका संचालकले भने अनुरुपनै अभिषेक विक्रम शाहलाई फोन गर्यौं । तर उनले हाम्रो फोन उठाएनन् । हामीले पुन: उनलाई फोन गर्यौं तर उनले फोन काटे । कोहि अरुसँग व्यस्त थिए भन्ने सोचेर हामी चन्द्रागिरीका अन्य पक्षहरु नियाल्न थाल्यौं । 
पर्यटकको निकै कम उपस्थिति र हुस्सु लागेर मौसम बिग्रिएकाले केहि नदेखिने हुनाले हामीले देखिएका स्थानहरुका तस्विरपनि लियौं । हामीले तेश्रो पटक पनि फोन गर्यौं । तर उनले फोन काटे । अर्थ सरोकार लेखिएको टिसर्ट लगाएर परिसरमा पुगेका हामीलाई उनले देखेर ‘अर्थ सरोकारबाट दुइ जना आएका छन् उनीहरुले के के गर्छन ख्याल गर्नु भन्दै’ एक अर्का कर्मचारीलाई अर्हाएका रहेछन् । उक्त वार्ता सुनेका चन्द्रागिरी हिल्स लिमिटेडमा पुगेका हाम्रै एक साथीले उक्त कुरा हामीलाई सुनाएपछि हामीले उनी व्यस्त छैनन् बरु लुक्न खोजीरहेका छन् भन्ने थाहा पाएपछि पुन लगातार फोन गर्यौं । उनले हामीलाई व्यस्त छु भन्न सक्थे, केहि समयपछि भेटौं भन्न सक्थे । तर लगभग ७ पटक फोन गर्दा पनि उनले फोन उठाएनन् । उनको यो रबैया त्यो बेला थाहा भयो, जव चन्द्रागिरीकै एक कर्मचारीले हामी फर्कने बेलामा यस्तो पोल खोले ।
‘सर ! तपाईंहरु अर्थ सरोकार बाट हो है ?’ उनले प्रश्न गरे ।
‘हो। ‘ हामीले जवाफ फर्कायों ।
तपाईंहरुलाई फोटो खिच्नु भन्नु भएको छ अविशेक सरले । एउटा खिचौं है ! सर अन्यथा नलिनुहोला । यो फोटो तल प्रिन्टमा गएर लिनुहोला है ! यो चन्द्रागिरीको तर्फबाट तपाईंहरुलाई उपहार हो ।
‘उपहार नै त के लिनु ?’ हामीले भन्यौं ।
‘प्लीज सर ! मलाइ गाह्रो पर्छ । मेरो लागि भएपनि मानिदिनुहोस् । अविशेक सरले भन्नुभएको छ ।’
‘कहाँ हुनुहुन्छ उहाँ ? फोन पनि रिसिभ गर्नुभएको छैन। ‘ हामीले भन्यौं ।
अलिकति डराएजस्तो र अलिकति हाँसे जस्तो गरेर उनले भने, ‘सर ! तपाईंहरु आउने भनेपछि उहाँले जानी जानी फोन नउठाउनु भएको हो । मैले भनेको भनेरचाहिं नभन्नुस् है ! आज खासै नयाँ गेष्ट धेरै छैनन् । एकछिन एक जना गेष्टसँग हुनुहुन्थ्यो अभि सर अहिले उ त्यहाँ हुनुहुन्छ ।’ यता आउंदै गरेका अभिषेक विक्रम शाहलाई देखाउंदै उनले भने, ‘फोन पनि नगर्नुस् है ! मलाइ तिमी मिलाउनु म तिनीहरुको फोन पनि उठाउँदिन, नजिक पनि पर्दिन’ भन्नुभएको छ । तपाईंहरु तल झरेको देखेर उहाँ अहिले आउनुभएको होला । तपाईंहरु यहाँ नै हुनुहुँदो रहेछ ।’
हामीलाई पनि अचम्म लाग्यो । जसरी पनि उनको यसबारे प्रतिक्रिया लिने भन्दै हामीले पुन उनलाई फोन गर्यौं । उनले फोन हेरे र काटे । हामीले उनलाई बोलायौं । हाम्रो आवाज सुनेपछि उनले हामी तिर हेरे तर केहि नदेखेको जस्तो गरेर अन्तैतिर लागे । 
पूजारी भागे
हामीले नक्कली भालेश्वरका मन्दिरका नाममा कम्पनीले ठगी गरिरहेको बारे थप बुझ्ने प्रयास गर्यौं । त्यसपछि हामीले उक्त मन्दिरका पूजारीलाई सोध्यौं ।’ यो इक्षापुरेश्वर हो कि भालेश्वर हो ?’ उनले हामीले लगाएको अर्थ सरोकारको लोगो इंकित टिसर्ट हेर्दै भने ‘म एकछिनमा आउंछु । नभन्दै उनी बाहिरै हिंडे । एक जना साथी लिए र अन्तैतिर लागे । उनी हिंडेपछी हामी झन् अचम्ममा पर्यौं । ‘पूजारी पनि यसरी हिड्न मिल्छ र ?’ त्यहाँ ढोकामानै रहेका पुरोहितजस्ता देखिने एक व्यक्तिलाई हामीले सोध्यौं, ‘दाइ, यो मन्दिर इक्षापुरेश्वर हो कि भालेश्वर ।’ उनले मुस्कुराउँदै जवाफ दिए, ‘तपाईंलाई सबै थाहा छ र पनि सोध्नुहुन्छ । भालेश्वर महादेव उ त्यहाँ तल छन् यिनी महादेव हुन् । इक्षापुरेश्वर भनेपनि भयो, जे भनेपनि भयो । महादेवचाहिं हुन् ।’

‘अनि यसलाई त भालेश्वर भन्दै विज्ञापन गरिएको छ त ?’ हाम्रो प्रश्न सुनेपछि उनले भने, ‘देख्नुभएन ? तपाईंको यहि प्रश्न आउँछ भनेर अगिका पूजारी भागेका । मलाई पनि भाग्न वाध्य नबनाउनुहोस् ।’
‘लौ ! सहि कुरा गरेको भए भइहाल्थ्यो नि !?’ हाम्रो प्रश्नमा उनले भने, ‘झुट बोलौं पाप लाग्छ, सहि बोलौं जागिर जान्छ । विचरा ती भर्खरका पण्डितले के गर्नु ?’
हामीले पूजारी हिड्नुको उदेश्य पनि बुझीहाल्यौं । 
मौन बसेर जनता कति दिन लुट्छ कम्पनी ?
चन्द्रागिरीले अचम्मको व्यवहार देखाईरहेको छ । उ यसबारेमा केहि पनि बोल्न चहादैन । कम्पनीका सुचना अधिकारी आफुलाई केहि पनि थाहा नभएको भन्दै संचालक अम्बिका पौडेललाई सोध्नु भन्दै पन्छिने गरेका छन् । अम्बिका पौडेल आफुलाई भगवानका बारेमा केहि नसोध्नु भन्दै पन्छिने गरेका छन् । धेरै पछी उनले अविशेक विक्रम शाहलाई देखाएर पन्छिन खोजे । तर शाह पनि हामीसँग निरन्तर भागीरहेका छन् । आफु मौन बसेर चन्द्रागिरी हिल्स लिमिटेडले जनतालाई ठगेको ठग्यै छ ।
स्मरण रहोस् तीनै अविशेक विक्रम शाह र विख्यात राणा आफ्नो कम्पनीको भजन गाउने पत्रकारहरु आउँदा उक्त परिसर घुमाउने देखि चन्द्रागिरीका बारेमा राम्रा समाचार लेख्न आग्रह गर्ने काममा हात धोएर लाग्ने गरेका छन् ।

चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: