×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरीमा त्यो दिन, ‘देउता सार्न खोज्दा स्थानीयले मानेनन्, जवर्जस्ती गर्न खोज्दा एक जनाको मृत्यु भयो’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – धर्मका नाममा व्यापार गरेर जनता ठगेको आरोप लागेको कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी परिसर बारेमा थुप्रै तथ्यहरु लुकाएको खुलासा भएको छ । अर्थ सरोकार डटकमले निरन्तर गरेको खोजपछी यस्तो तथ्य फेला परेको हो । कम्पनीले जनताको धार्मिक आस्थामाथि प्रहार गर्दै व्यापार गरिरहेका बेला यस्ता तथ्यहरु जनताबाट लुकाइएको छ, जुन तथ्य थाहा पाएपछि जो कसैलेपनि भगवान र जनताको आस्थामाथि प्रहार गर्ने कम्पनीलाई सायदै माफी दिन्छन् होला ।
१. चन्द्रागिरी हिल्स लिमिटेड परिसरमा रहेको भालेश्वर मन्दिर भनेर प्रचार गरिएको मन्दिर भालेश्वर मन्दिर होइन । त्यहाँ रहेको मूर्तिपनि भालेश्वर महादेवको मूर्ति होइन । तर कम्पनीले मह जोडीलाई प्रयोग गरेर भालेश्वर जाउँ भन्दै सोहि मन्दिर देखाएको छ । जुन सरासर गलत हो । कम्पनीले यस तथ्य बाहिर नबोल्न स्थानीयहरुलाई फकाउने वा थर्काउने काम गरेको छ । स्थानीयलाई तत्कालीन अवस्थामा साम्य बनाउन उक्त कम्पनीले मन्दिरको नाम इक्षापुरेश्वर राख्न लगाएको थियो । मन्दिरको घन्टामापनि यसको प्रमाण भेटिन्छ ।
  
२. चन्द्रागिरी हिल्स लिमिटेडले जवर्जस्ती भालेश्वर महादेवको मूर्ति सार्न खोज्यो । स्थानीयहरुले नमानेपनि कम्पनीले जवरजस्ती गर्यो । गुण्डा लगाएर स्थानीय तह लगायो । तर कम्पनीले अर्हाएर जव उक्त मूर्ति निकाल्न खोज्दा एक जनाको मृत्यु भयो । तर कम्पनीले यो घटना बाहिर निकालेन ।
३. भालेश्वर मन्दिरसम्बन्धि तथ्यहरु बुढापाकालाई सोध्यो भने उनीहरुले प्रस्तुत गर्ने मान्यता बेग्लै छ । भालेश्वर मन्दिरको दर्शन गरेपछि तल फेदीमा आएर जल नपिएसम्म केहि खानुहुन्न र बोल्नुपनि हुन्न भन्ने मान्यता छ । तर त्यहि ठाउँलाई कम्पनीले रमाइलो गर्ने ठाउँ बनाएको छ । स्थानीयह्ररु त्यहि भएर हत्तपत्त चन्द्रागिरी, ‘माथि डाँडामा’ पुग्दैनन् ।   
४. चन्द्रागिरी हिल्स लिमिटेडले पूरै त्यो डाँडा सरकारसँग जम्मा महिनाको १५००० रुपैयाँमा लिजमा लिएको छ । यति सस्तोमा यो लिजमा लिन पनि ठुलो चलखेल भएको स्थानीयहरुको आरोप छ । चन्द्रागिरी हिल्स लिमिटेडले उक्त पूरै डाँडा १५००० मात्रमा लिन सम्बन्धित ठाउँहरुमा राम्रै घुस खुवाएको भन्ने स्थानीयको आरोप छ । यसविषयमा अख्तियारमा समेत उजुरी परिसकेको स्थानीयहरुको दावी छ ।
तस्विर : चन्द्रागिरी हिल्स 
५. चन्द्रागिरी हिल्स लिमिटेडले बनाइरहेका विभिन्न संरचना नियम मिचेर बनाइएको थियो । विभिन्न पत्रपत्रिकामा यसबारे तथ्यहरु प्रसुत गरिएपछि मात्र कम्पनीले ती संरचनाहरुको नक्सा पास गरेको थियो ।
६. चन्द्रागिरी हिल्सले आफ्नो परिसरमा होटलहरु पनि बनाउँदैछ । यसले विकृतिका हिसावले चंद्रागीरिलाई अर्को नगरकोट बनाउन लागेको भन्दै स्थानीयहरुले निकै पहिलादेखि नै विरोध गर्दै आएका थिए ।          


चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: