×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरी हिल्समा ‘नक्कली’ ३ कुरा, जुन तपाईंलाई ‘सक्कली’ लागेको हुनसक्छ तर होइन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय चर्चाभन्दा ४ गुणा बढी विवादमा आएको कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी परिसरमा विभिन्न नक्कली कुराहरुलाई देखाएर धर्मका नाममा व्यापार गरिरहेको खुलासा भएको छ । सुरुवातीका दिनमा भ्याट बिजक पाउने जनताको अधिकारमाथि धावा बोलेर लाखौँ रुपैयाँ भ्याट छलेको, नियम विपरित महँगो मेनु राखेर गुणस्तरहिन खाना खुवाएको, पूरै डाँडाको भाडा १५००० रुपैयाँमा तोक्ने गरी बदनियत ढंगले सरकारका विभिन्न निकायलाई प्रभावमा पारी सम्झौता गरेको, इक्षापुरेश्वर मन्दिरलाई भालेश्वर मन्दिर भन्दै झुटको खेती गरीरहेको लगायतका कुराहरुबाट विवादनै विवादमा आएको चन्द्रागिरी हिल्स लिमिटेडले विभिन्न् नक्कली कुराहरु राखेर जनतालाई झुक्याउने काम गरिरहेको खुलासा भएको हो । 

भालेश्वर महादेवको नक्कली मूर्ति
चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो प्रचार सामाग्रीमा भालेश्वर मन्दिर भनेर देखाएको मन्दिर भालेश्वर मन्दिर होइन । त्यो कम्पनी आफैंले इक्षापुरेश्वर महादेवको नाम दिएर आफैंले मन्दिर बनाएको हो । भालेश्वर महादेवको सक्कली शीला बाहिर राखिएको छ । तर कम्पनीले सक्कली शीला मन्दिरभित्र नै रहेको भन्दै नक्कली कथा बनाइ जनता झुक्याउने काम गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडले मन्दिर बनाउँदा भालेश्वर महादेवको शिवलिङ्गलाई व्यापारीकरण गर्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि भालेश्वर महादेवको सक्कली शिवलिङ्गलाई मन्दिर बाहिर सारिएको स्थानीयको दावी छ । 
‘अहिले चन्द्रागिरी हिल्स लिमिटेड भन्ने कम्पनीले बनाएको मन्दिरभित्र रहेको शिवलिङ्ग नक्कली हो । त्यो भालेश्वर मन्दिरपनि होइन । भालेश्वर महादेव उत्पति भएको ठाउँ त्यहि भएपनि सक्कली शिवलिङ्ग हामीले मन्दिरभित्र राख्न दिएनौं । त्यसपछि कम्पनीले केहि गुण्डाहरु लगाएर रातारात शिवलिङ्ग नै केहि पर सारिदिए ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक स्थानीय भन्छन्, ‘कम्पनीले बनाएको मन्दिरमा राम्रो सँग हेर्ने हो भने उक्त मन्दिरलाई इक्षापुरेश्वर नाम दिईएको छ । सक्कली मुर्ति बाहिर छ ।

नक्कली कथा बनाएर नक्कली बाचकहरु परिचालन
तपाईं चन्द्रागिरी हिल्स जानु भयो भने त्यहाँ कतिपय ठाउँमा आफु पहिलादेखि नै त्यहाँ बसेको भन्दै पूराना कथाहरु सुनाउने महिलाहरु भेटिन्छन् । ‘ शिवलिङ्ग रेखदेख गर्ने नाममा राखिएका तिनीहरुले भालेश्वर महादेवका बारेमा नक्कली कथाहरु भनेर जनता झुक्याउने काम गरिरहेका छन् । किम्बदन्तीका नाममा हुँदै नभएका तथ्यहरु भनेर जनता झुक्याउने खेलमा तीनीहरु लागिरहेका छन् ।’ चन्द्रागिरी निकट स्रोतले भन्यो, ‘ त्यहाँ पुग्ने प्राय ठुला मान्छे र पत्रकारहरुलाई कम्पनीकै मान्छेले गलत गाइड गर्ने गरेका छन् । 
विदेशबाट आउने पाहुनाहरुलाई नक्कली भालेश्वरको मन्दिरको दर्शन गराउन लगाएर पाप बोकाउने काम भएको छ । यो काममा कम्पनीकै निर्देशकहरुपनि लागि परेका छन् । विभिन्न व्यक्तिहरुलाई नक्कली भालेश्वर मन्दिरको दर्शन गराउन कम्पनीका निर्देशक अम्बिका पौडेलसहित चंद्रागीरिका ठुला कर्मचारीहरु त्यहाँ पुग्ने गरेका छन् । कम्पनीका सेल्स एण्ड मार्केटिङ मेनेजर विख्यात विक्रम राणा पत्रकारहरुलाई चन्द्रागिरी घुमाउने, त्यहाँका सत्य कुराहरु लुकाउने, कम्पनीले नै परिचालित गरेका नक्कली कथा बाचकहरुलाई भेटाउने, र चन्द्रागिरी हिल्सका नक्कली तथ्यहरुलाई लुकाउन प्रयास गर्ने गरेका छन् ।’ 
पृथ्वीनारायण शाहको इतिहासलाई बंग्याएर नक्कली ठाउँ निर्माण !
चन्द्रागिरीको डाँडाबाट काठमाडौँ एकिकरण गर्ने कुरा पृथ्वी नारायण शाहले गरेको इतिहासविदहरु नै बताउँछन् । तर चन्द्रागिरी हिल्स लिमिटेडले पृथ्वी नारायण शाहको इतिहासका नाममा पनि झुटको खेती गरिरहेको छ । ‘पृथ्वी नारायण शाहले चन्द्रागिरीको डाँडामा गएर काठमाडौँ नियालेको कुरा सत्य हो । तर चन्द्रागिरी हिल्स लिमिटेडले जुन ठाउँ पृथ्वी नारायण शाहले चिताएको भनेर व्यापारीकरण गर्न खोजेको छ, खासमा ठाउँ त्यो होइन । 
उसले आफ्नो परिसरमा जहाँबाट राम्रोसँग काठमाडौँ देखियो त्यहि ठाउँलाई पृथ्वी नारायण शाहले यहि ठाउँबाट नेपाल एकिकरको सोच बनाएका थिए भनेर इतिहास बंग्याउने र नक्कली कथा रच्ने काम गरेको छ ।’ एक इतिहासविद भन्छन्, ‘केवलकार रोकिने ठाउँको अलि माथि पृथ्वी नारायण शाहले काठमाडौँ नियालेको ठाउँ छ । त्यो इतिहास भत्काउने काम भएको छ । इतिहासको कुरा न हो भन्दै जनता झुक्याएर नक्कली काम गरिएको छ । 
अर्का एक इतिहासविद भन्छन्, ‘पैसा हुनेले आफु अनुकुल इतिहासको व्याख्या गर्ने चलन नयाँ होइन । गौतम बुद्ध नेपालमा जन्मिएको भन्ने सबैलाई थाहा छ । तर भारतले नक्कली कपिलबस्तु बनाएको छ । नेपालले आफ्नो ठाउँको प्रमोसन गर्न सकेको छैन । तर विभिन्न देशबाट भारतको नक्कली कपिलबस्तु घुमेर फर्केका छन् । उनीहरुका लागि त्यहि नै इतिहास हो । चन्द्रागिरी हिल्स लिमिटेडले पनि त्यहि गरेको हो । पृथ्वी नारायण शाह त्यो ठाउँमा पुगेर काठमाडौँ हेरेको भन्ने इतिहास हेर्ने हो भने ठ्याक्कै त्यहि ठाउँ होइन । 
अर्को कुरा के हुन सक्छ भने तलबाट हेरे होलान् शाहले, माथिपनि गए होलान् । जहाँ-जहाँबाट काठमाडौँ राम्रो देखियो त्यहि ठाउँ गए होलान् । अव यहि ठाउँबाट हो भनेर कुरा गर्नु त त्यसलाई व्यावसायिक बनाउने भन्दा बढी केहि पनि होइन । अर्को कुरा भनेको चन्द्रागिरी हिल्स भनेको नेपालका धनाढ्यका प्रोजेक्ट हो । मेरो नाम तपाईंले उल्लेख गर्नु भयो भने मलाइ पनि त्यसो मिडियामा नोबोल्नुस भनेर राम्रो ‘अफर’ आउन सक्छ । सब पैसामा बिकेका छन् । तपाईंहरुको प्रयास प्रशंसायोग्य छ । हेरौं धनको फुर्ति लगाएर धर्मका नाममा व्यापार गर्नेहरुबाट कति दिन बच्नेछ तपाईंको स्वाभिमानपनि !’           
  

झुट खुल्ने डरलेबोल्नै मान्दैन कम्पनी !
चन्द्रागिरी हिल्स लिमिटेडले गरेका यस्ता कर्तुतहरुबारे अहिले कोहिपनि बोलिरहेको छैन । ठुला भनिएका मिडियाहरुलाई चन्द्र ढकालका कम्पनीका लिष्ट देखाएर होस् वा चन्द्रागिरी हिल्स लिमिटेडको नक्कली कामको भजन गाएर बनाइएको विज्ञापन दिएर होस् चंद्रागीरिले मुख थुन्ने काम गरेको छ । चन्द्रागिरीको सक्कली अनुहार थाहा पाएका हामसँग चन्द्रागिरीका कोहि पनि बोल्न तयार छैनन् । चन्द्रागिरी हिल्स लिमिटेडको नक्कली गाथा गाएर कहिले नथाक्ने कम्पनीका सुचना अधिकारी भनिएका राजु पौडेल आफुलाई मन्दिरबारेमा केहि पनि थाहा नभएको बताउँछन् । 
आफुलाई केहि पनि थाहा नभएको र यसका लागि कम्पनीका निर्देशक अम्बिका पौडेललाई सोध्नुस् भन्ने उनको रेडिमेड उत्तर हुने गरेको छ । यता अम्बिका पौडेल आफु भगवानका विषयमा केहि पनि नबोल्ने भन्दै उम्किन खोजीरहेका छन् । कम्पनीका सेल्स एण्ड मार्केटिङ मेनेजर विख्यात विक्रम राना चन्द्रागिरीको ‘भजन’ लेख्ने पत्रकारलाई अनेक तरिकाले खुसी बनाउने तर कम्पनीको कर्तुतको बारेमा लेख्नेहरुबाट आफु टाढा हुन खोजीरहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: