×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकारको समाचारपछी चन्द्रागिरी हिल्स लिमिटेडमा सुध्रीएका ५ कुरा, सुध्रीनै नसकेका ३ कुरा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चन्द्रागिरी हिल्स । अर्थात नेपालको नयाँ पर्यटकीय क्षेत्र । सुरुमानै जनता लुट्ने सोच नआइदिएको भए अझै खास मान्थे होलान् जनताले चंद्रागीरि हिल्स लिमिटेडलाई । सुरुमै महँगो टिकेट र महँगो मेनुले नेपाली जनता अत्याएको चन्द्रागिरीले धर्माका नाममा पनि व्यापार गर्यो । सक्कली इक्षापुरेश्वर मन्दिरभित्र भालेश्वर महादेवको नक्कली मूर्ति राखेर जनतालाई छक्याउने काम गर्यो । १५००० मै पूरै डाँडा भाडामा लिएर देशको माटोको मूल्यमाथि खेल्यो । नियमविपरित वा भनौं नक्सा नै पास नगरी संरचनाहरु बनाएर देशको कानुनमाथि ठाडो चुनौती दियो । र पनि नेपाली जनता महान छन् । नयाँ पर्यटकीय गन्तब्य बन्यो भनेर सब ठगीहरु बिर्सेका छन् । अनि भालेश्वर महादेवप्रति आशा राख्नेहरु त आस्थावान् छन् । जुन ढुंगालाई रातो पोतेपनि भगवान देख्ने सोझा नेपालीलाई ठगेर चन्द्रागिरीले आफ्नो व्यापार चलाएको छ नै !
सुरुदेखि नै अर्थ सरोकार डटकमले निरन्तर चन्द्रागिरीका कर्तुतहरु सार्वजनिक गरिरहेको छ । चन्द्रागिरी हिल्स लिमिटेडमा राखिएको महँगो मेनुदेखि धर्मका नाममा भइरहेको व्यापारसम्मका भित्री कथाहरु अर्थ सरोकार डटकमले प्रकाशित गरिरहेको छ । यो बीचमा धेरै कुराहरु सुध्रीएका छन् । आजको अंकमा हामी चन्द्रागिरी हिल्स लिमिटेडमा सुध्रीएका कुराहरु प्रस्तुत गर्दैछौं । अर्थ सरोकार डटकमले निरन्तर समाचार प्रकाशन गरेपछि चन्द्रागिरी हिल्स लिमिटेडमा यी कुराहरु सुध्रीएका छन् ।
सुध्रीएका ५ कुरा :
१. सुरुवाती दिनहरुमा चन्द्रागिरी हिल्सको केवलकार असुरक्षित थियो । बीचैमा केबलकार अड्किएर पर्यटकहरु आत्तिने गरेका थिए । एक दिन त केवलकार नै नचलेपछी कम्पनीले जनताको सबै पैसासमेत फिर्ता गरेको थियो । तर अहिले यो कुरामा धेरै सुधार भएको छ । पछिल्ला केहि महिना केवलकारमा आक्कल-झुक्कलबाहेक समस्या आएको छैन ।
२. खानाको मेनु केहि सस्तो भएको छ । ममको भाउ घटेको छ । यद्यपी गुणस्तरमा भने निकै सम्झौता गरिएको छ । यसअघि पनि चन्द्रागिरीमा पाइने मम गुणस्तरहिन नै थियो । पैसा र पावरका ‘सेन्टर-म्यान’ हरुको लगानी भएकाले वाणिज्य विभाग त्यहाँ पुग्ने कुरै भएन । यसअघि चन्द्रागिरीको कर्तुतबारे समाचार संकलनका लागि पुगेका अर्थ सरोकारकर्मीलाई चन्द्रागिरीको ममले झन्डै थला पारेन । खाने कुरा उस्तै गुणस्तरहिन भएपनि शुल्क घट्नु सकारात्मक कुरा हो । यसो त चन्द्रागिरीमा पाइने ममबाहेकका खाने कुराहरु खान लायक छन् ।
३. सुरुवातीका दिन देखि नै हामीले चन्द्रागिरीले भ्याट छली गरिरहेको प्रसङ्ग उठाएका थियौं । सुरुवातीका दिनमा सफ्टवेर बनीनसकेको हवाला दिंदै चन्द्रागिरी हिल्स लिमिटेडले बिजक पाउने जनताको अधिकारमाथि धावा बोलेको थियो । त्यतिबेला लाखौँ भ्याट छलीको भएको चर्चा आजसम्म पनि चल्ने गरेको छ । अहिले जनताले बिजक पाउने गरेका छन् ।
४. पहिला चन्द्रागिरी हिल्स लिमिटेडले ‘मोनोपोली बिजनेश’ गर्न खोजेको थियो । त्यहाँ पुग्ने पर्यटकलाई केहि लैजान दिंदैनथ्यो । अर्थ सरोकार डटकमले यसबारेपनि लगातार इस्यू उठाएपछि चन्द्रागिरी हिल्स लिमिटेडले अहिले पर्यटकलाई खाने कुराहरु माथि लैजान दिन्छ ।
५. चन्द्रागिरी हिल्स लिमिटेडले संचालन गरेको केवलकारको टिकटको मूल्य केहि घटेको छ । अर्थ सरोकार डटकमले निरन्तर टिकेट महँगो भएको आवाज उठाएपछि चन्द्रागिरी हिल्स लिमिटेड टिकेटको मूल्य घटाउन बाध्य भएको थियो । यसो त हाम्रो निरन्तर समाचार प्रकाशनपछी पर्यटकको क्रेज नै घटेको थियो । जसका कारण पनि कम्पनीले केवलकारको टिकेटको दर घटाएको थियो ।
सुध्रीनै नसकेका ३ कुरा:
१. चन्द्रागिरी हिल्स लिमिटेडले झुटको व्यापार गर्न छाडेको छैन । धर्मका नाममा पैसा कमाउने धन्दामा लागेको कम्पनीले इक्षापुरेश्वर मन्दिरलाई भालेश्वर भन्दै झुक्याईरहेको छ । चन्द्रागिरीमा रहेको मुख्य मन्दिर इक्षापुरेश्वर हो र नजिकै भालेश्वर महादेवको शीला छ भनेर प्रचार गर्दा पनि उसको व्यापार घट्ने थिएन । तर चन्द्रागिरी हिल्स लिमिटेडलाई झुट बोल्ने बानी बसिसकेको छ । जनता ठगेर खान पल्किएको कम्पनीले यो झुट बोल्ने बानी सुधार्ने कुनै छाँटकाँट देखिएको छैन ।
२. चन्द्रागिरी हिल्स लिमिटेड एउटा पब्लिक कम्पनी हो । कम्पनीका कतिपय कर्तुतहरुबारे समाचार बनाउँदा समाचार सन्तुलनका लागि कम्पनीका प्रतिनिधिको कोट लिन चन्द्रागिरी हिल्स लिमिटेडमा गएर मम खाएर पचाउनजस्तै गाह्रो छ । कम्पनीका सुचना अधिकारी भनिएका राजु पौडेल मन्दिरको विषय आउने बित्तिकै मलाइ केहि थाहा छैन अम्बिका पौडेललाई सोध्नुहोस् भनेर पन्छिने काम गर्छन् । अम्बिका पौडेललाई सोध्यो, ‘भगवानका विषयमा म केहि बोल्दिन, राजु पौडेललाई सोध्नुस्’ भन्छन् । उनले बोल्नै मानेनन् भन्यो भने, ‘सुचना अधिकारीले बोल्न नमानेर हुन्छ ? त्यसले पनि गरि खाने भएन’ भनेर उसलाई गाली गरेजस्तो र यता पनि ठिक्क पारेजस्तो गर्छन् ।
३. चन्द्रागिरी हिल्स लिमिटेडमा सुरुदेखिनै नसुध्रीएको कुरा भनेको त्यहाँ पाइने ममको गुणस्तर हो । चन्द्रागिरीको मम खाएर धेरै जनाको पेट गडबड भइसकेको छ । तर चन्द्रागिरीले गुणस्तर बढाएन । विस्तारै जनताले त्यहाँको ममनै खान छोडेपछि गुणस्तर बढाउनु भन्दापनि शुल्क घटाउन तिर लाग्यो कम्पनी । 
हामीलाई विश्वास छ, झुट धेरै दिन टिक्दैन, सत्य कहिलेपनि झुक्दैन 
अहिले चन्द्रागिरी हिल्स लिमिटेडले धर्माका नाममा व्यापार गरिरहेको छ । नक्कली मूर्तिलाई भालेश्वर महादेव हुन् भन्ने भ्रम पारेर आस्थावान् नेपालीहरुको आस्थामाथि नै चन्द्रागिरी हिल्स लिमिटेडले धावा बोलेको छ । तर अहिले त यो कुरापनि धेरैले थाहा पाईसके । वाणिज्य विभाग कति दिनसम्म चन्द्रागिरीको दानापानी खाएर बस्ला र ? वाणिज्य विभागमा पनि कुलमानजस्ता कर्मचारी आएभने चन्द्रागिरी हिल्स लिमिटेडमा स्टिम गरिएका ममका डल्लाहरू सबै डस्टबिनमा फालिने कुरामा कुनै शंका छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: