×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनकामनालाई ‘च्यालेन्ज’ गर्ने भन्दै जुराइएको थियो ‘इक्षापुरेश्वर’ नाम, यस्तो छ भालेश्वर महादेवको नक्कली मन्दिरको यथार्थ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय धर्मका नाममा गरिने व्यापार खुब फष्टाएको छ । नेपालमा मात्र होइन छिमेकी देश भारतमा पनि यस्तै विकृतिले प्रसय पाईरहेको छ । कहीं कतै लगानी गर्नुपर्यो भने त्यसलाई केहि न केहि रुपमा धर्मसँग जोडियो भने त्यो लगानी लगभग डुब्दैन । चन्द्रागिरी हिल्स लिमिटेडले पनि अरवौं रुपैयाँ लगानी गर्दै गर्दा चन्द्रागिरी हिल्स लिमिटेडमा पर्यटक तान्नका लागि अनेकौं हतकण्डा अपनाउने सोच्यो । र त्यहि क्रममा विकासति भयो ‘इक्षापुरेश्वर’। जसलाई बेचेर अहिले कम्पनीले करोडौं रुपैयाँ कमाईरहेको छ । केवलकार चलाउने नाममा हुँदै नभएको मन्दिरको हवला दिएर उसले धर्मका नाममा खुलेआम व्यापार गरिरहेको छ ।
  

के हो इक्षापुरेश्वर ?
चन्द्रागिरीमा भएको मूल मन्दिरको नाम कम्पनीले इक्षापुरेश्वर राखेको छ । उक्त मन्दिरलाई नै भालेश्वर महादेको मन्दिर भनेर गलत प्रचार गरेको कम्पनीले नजिकै सक्कली भालेश्वर मन्दिरलाई राखेको छ भने उसैले बनाएको नक्कली भालेश्वर मन्दिरको प्रचार विभिन्न संचारमाध्यममा गरिरहेको छ । हुन त भगवानलाई जुन नामले बोलाएपनि हुन्छ । तर इक्षापुरेश्वर नाम गरेका महादेवको किम्बदन्ती कुनैपनि पूराणमा छैन । देशको एक मात्र केवलकार मनकामनामा रहेका हुनाले मनको कामना पूरा गर्ने मनकामना भनेजस्तै इक्षा पूरा गर्ने महादेव इक्षापूरेश्वर भन्दै चन्द्रागिरीले बैठक बसी भगवानको यो नाम जुराएको हो । र अहिले उसले भालेश्वर मन्दिर भनेर गलत प्रचार गरिरहेको मन्दिरलाई उसले इक्षापुरेश्वर नाम दिएको छ । सुरुमा भालेश्वर मन्दिरनै भन्ने निर्णय भएपनि पछि स्थानीय जनताले विरोध गरेपछि उसले नक्कली भालेश्वर मन्दिर बनाएको हो । उक्त मन्दिरलाई इक्षापुरेश्वरकै नामले प्रचार गर्ने मौखिक सहमति पनि स्थानीय र कम्पनीबीच भएको थियो । तर अहिले कम्पनीले गुण्डा लगाएर स्थानीयको मुख थुन्ने काम गरेको छ भने उसैले व्यावसायिक प्रयोजनका लागि बनाएको मन्दिरलाई नै भालेश्वर मन्दिर भन्दै दुष्प्रचार गरिरहेको छ । 

कसले जुरायो नाम ?
चन्द्रागिरी हिल्स लिमिटेडमै काम गर्ने एक कर्मचारीले दिएको जानकारी अनुसार मनकामनाजस्तै नाम खोज्नु भन्ने उक्त कम्पनीका संचालकहरुको निर्देशन थियो । त्यस्तै नाम खोज्ने काममा चन्द्रागिरी हिल्स लिमिटेडका कर्मचारीहरुले खुब सोचे । तर कसैको केहि पनि सीप लागेन । अन्तमा : चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकाल र निर्देशक अम्बिका पौडेल मिलेर इक्षापूरेश्वर नाम जुराए । यसबारेमा इक्षापुरेश्वर मन्दिरका पूजारी पनि अनविज्ञता व्यक्त गर्छन् । उनले पनि भगवानलाई जुन नामले बोलाएपनि हुने हुनाले इक्षापूरेश्वरको नाम दिएर मन्दिर निर्माण गरेको स्वीकारे । तर इक्षापुरेश्वर नाम चन्द्रागिरी हिल्स लिमिटेडले नितान्त व्यावसायिक प्रयोजनका लागि नाम जुराएर उक्त मन्दिर बनाएको थियो ।
के भन्छ चन्द्रागिरी हिल्स ?
यसबारे आफुलाई चन्द्रागिरी हिल्स लिमिटेडको सुचना अधिकारी बताउने राजु पौडेललाई हामीले सोध्ने प्रयास गरेका थियौं । तर उनले मन्दिरका विषयमा आफुलाई केहि पनि थाहा नभएको र यसबारे चन्द्रागिरी हिल्स लिमिटेडका निर्देशक अम्बिका पौडेललाई सोध्ननू भन्ने उत्तर फर्काए । त्यसपछि हामीले नक्कली भालेश्वर मन्दिरका बारेमा सोध्दा चन्द्रागिरी हिल्स लिमिटेडका निर्देशक अम्बिका पौडेलले भने, ‘भगवानको नाम जे राखेपनि हुन्छ । इक्शापुरेश्वर भनेपनि भगवान हो । भालेश्वर भनेपनि भगवान हो । अम्बिका भनेपनि भगवान हो । तपाईंकै नाम सुरज भने पनि भगवान हो । राम, श्याम, हरि, कृष्ण जे भनेपनि भगवान हो । बाँकी भगवानका बारेमा मलाइ नासोध्नूहोला ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: