चिनले अब युद्ध गर्न तयार भएको कुरा बताएपछि भारत तनावमा
Powered by Blogger.
चिनले अब युद्ध गर्न तयार भएको कुरा बताएपछि भारत तनावमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चिनियाँ सेनाले पेल्दै अघि बढेपछि भारतले सिक्किमको उक्त विवादित क्षेत्रमा पहिलो पटक ६ हजार गोर्खा सैनिकहरुलाई पठाएको छ । भारतले चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा गोर्खा सैनिकलाई पठाएको हो  ।

चिनले अब युद्ध गर्न तयार भएको  कुरा बताएपछि भारत तनावमा  छ । सरकारले भारतीय संचारमाध्यमहरुका अनुसार गोर्खा रेजिमेन्टका ६ हजार सैनिकहरुलाई त्यसतर्फ परिचालन गर्ने  निर्णय लिएको  छ । 

तनाव क्षेत्रमा जान लागेको गोर्खा सैनिकहरुले आदेशको भारमा चीनसँग नलड्ने बताएको भारतका केही संचारमाध्यमहरुले समाचार लेखेका छन् । भुटानको आग्रहमा भारतले चीनसँग विवाद गरिरहेको हो । 

डोकलम क्षेत्र भारतको होइन ।  चीनले उक्त क्षेत्रमा अत्याधुनिक हतियारसहितको जनमुक्ति सेना तिब्बततर्फ पठाईसकेको छ । चीनले उक्त भूमी आफ्नो रहेको बताउँदै त्यो क्षेत्रमा सडक विस्तार गरिरहेको छ । 

एक कमाण्डरले भने 'हामी विवादित क्षेत्रमा जाँदैछौं, सरकारले लड् भन्दैमा हामी चीनसँग लड्ने पक्षमा छैनौं' आफूहरु चीनसँग लड्न नभएर समन्वय गर्न जान लागेको उनले बताएका छन् । सरकारले आदेश गरेकाले आफूहरु त्यसतर्फ जान लागेको भन्दै एक गोर्खा सैनिकका कमाण्डरले आफूहरु त्यहाँको अवस्था बुझेर मात्र निर्णय गर्ने बताए । 

प्रकाशित मिति : Thursday, July 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...