×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुद्धा अगाडी नबढाउन सर्वोच्चको आदेशपछी चुडामणि शर्मा खुसी, भीमार्जुन आचार्य झनै खुसी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्ने क्रममा सर्वोच्च अदालतले विशेष अदालतलाई मुद्दा यथास्थितिमा राख्न आदेश दिएको छ । अरवौं कर छुट दिएर अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले हिरासतमा लिएका शर्माविरुद्ध अख्तियारले दर्ता गरेको भ्रष्टाचारको मुद्दालाई सर्वोच्चले यथास्थितिमा राख्‍न आदेश दिएको हो । 
आफ्ना श्रीमान् लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै श्रीमतीले दिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई भने पूर्ण इजलासले गर्ने भएको छ । कर फर्छ्यौट आयोग अर्ध न्यायिक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश आज न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले यस्तो आदेश दिएको हो । 
सर्वोच्चको आदेशपछि यो प्रकरणले यु टर्न लिएको छ । सर्वोच्चको आदेशपछी तत्कालका लागी चुडामणि शर्मालाई राहत मिलेको जानकारहरुको दावी छ । यता चुडामणि शर्माका तर्फबाट यो मुद्धा हेरिरहेका भीमार्जुन आचार्यपनि सर्वोच्चको आदेशसँगै खुसी भएका छन् । थोरैमात्र मुद्धा हारेका आचार्यले यो मुद्धा जित्लान् वा हार्लान् भन्ने चर्चा चलिरहेको थियो ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: