×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विज्ञहरु भन्छन्, ‘चरित्र हत्या गर्ने क्रम बढ्यो, नेपालका लागि साइवर क्राइम जटिल र चूनौतिपूर्ण बन्दैछ’

  • देवबहादुर कुँवर
काठमाण्डौ-अत्याधुनिक सूचना प्रविधिको बढ्दो प्रयोगसंगै नेपालमा पनि ‘साइवर क्राइम (अपराध) र चूनौति’ जटिल समस्याको रुपमा देखिन थालेको छ । नेपाल जस्तो विकासन्मुख देशका लागि प्रविधिको विकास र प्रयोग जति उपयोगी बन्दै गएको छ त्यतिकै चूनौतिपूर्ण जटिल समस्याका रुपमा देखा परेको भनाई विज्ञहरुको छ । विशेष गरी साइवर अपराध सरकारी तथा गैरसरकारी कार्यालयको कामकारवाहीमा, बैंक तथा वित्तिय क्षेत्रमा, अनलाइन ब्यापार ब्यवसायमा र सामाजिक सञ्जालबाट सर्वसाधारणको चरित्र हत्या गर्ने जस्ता कार्यमा बढी हुने गरेको पाइएको छ । साइवर थ्रेट आफैमा घातक अपराध हो यसप्रति सबै सचेत र सुरक्षित हुन जरुरी देखिन्छ ।
साइवर सुरक्षामा थ्रेट र यसको ब्यवस्थापन ( असार–२३ ) विषयक एक अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ कुमार पुडासैनीले बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट रहेको बताउनुभयो । साइवर थ्रेटको क्षेत्रमा क्रियाशील संस्था रोलिङ प्लाण्ट प्रालि र जेन ३७ नामक अमेरिकन कम्पनीले आयोजना गरेको उक्त अन्तरक्रियामा ‘साइवर अपराध बिरुद्ध’ लड्न राज्यस्तरबाट नै सशक्त प्रभावकारी अभियान सञ्चालन गर्नु पर्नेमा पनि विज्ञहरुको जोड दिनु भएको छ ।
सामाजिक सञ्जाल (सोसल मिडिया) फेसबुक, ट्वीटर, ईमेल, भाइवर लगायत सन्जालबाट पनि साइवर अपराध बढ्दो गतिमा रहेको प्रतिचिन्ता ब्यक्त गर्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइवी ) का एस्पी नविन अर्यालले सामाजिक सञ्जालको प्रयोगलाई मर्यािर्दत, ब्यवस्थित र जिम्मेवार बनाउनु पर्ने खाँचो देखाउनु भयो । सोसल मिडियाको चरम दुरपयोग गरी अर्काको चरित्र हत्या गर्ने कार्यहरु भइरहेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयहरुको वेभसाइट तथा इमेल ह्याक गरी जटिलता उत्पन्न गराइ दिने र अनावश्यक सूचना प्रशारण गरी बल्याकमेलिङ गर्ने कार्य बढी रहेका छन् एस्पी अर्यालले भन्नुभयो, यस्तो कार्यप्रति तपाई हामीमात्र सचेत भएर हुदैन अरुहरुलाई पनि सचेत गराउन जरुरी छ उहाँले थप्नुभयो । 
प्रविधिको प्रयोग मानव जीवनका लागि अभिन्न अंग जस्तै बनेको छ, यसको सदूपयोगसंगै दुरुपयोग पनि हुने भएकाले राज्यले कडाखालको कानुनी कारवाहीको ब्यवस्था गर्नु पर्छ भन्ने राय कानुन ब्यवसायीहरुको छ । कानुन ब्यवसायी तथा आइटी विज्ञ प्रमोद पराजुली साइवर अपराध नियन्त्रण गर्ने ऐन भएपनि त्यो प्रयाप्त नभएको बताउनुहुन्छ । साइवरसंग सम्वन्धित सम्भावित सुरक्षा चूनौतिबाट जोगिन अपनाउनु पर्ने उपाय र नियन्त्रणका सम्वन्धमा हामी कमजोर नै छौं उहाँले भन्नुभयो, सम्पूर्ण संयन्त्र कमजोर भएकोले साइवर अपराधले दुख दिन सक्ने हुन्छ । 
साइवर अपराध नियन्त्रणमा कानुन पनि प्रभावकारी चाहिन्छ । सरकारी निकायले पनि आधुनिक सूचना प्रविधिलाई सही ढंले सदुपयोग गर्न नसकेको अवस्था छ, यसको प्रयोगबाट उत्पन्न हुने चूनौति र जटिलता एकतर्फ छदैछन, आइटी विज्ञ संजीव अधिकारीले प्रविधि प्रयोग गर्न जाने संसार हो जानेन भने काल हो भन्नुभयो । वित्तिय तथा बंैकिङ क्षेत्रमा बढ्दो साइबर थ्रेट रहेको भनाई उहाँको थियो ।
त्यस्तैं, पछिल्लो समयमा बढ्दै गएको अनलाईन सपिङ, सरकारी छाप तथा ब्यक्तिगत हस्ताक्षर कीर्ते, फेक आइटी बनाएर फेसबुकबाट ठगी, ब्यापारी कारोवारमा ठगी बढ्दै गएको छ । प्रविधिको दुरुपयोगले ब्यक्तिको ब्यक्तिगत चरित्र हत्यामात्र नभइ देशभित्र सुरक्षा व्यवस्था खलवलिन सक्ने भनाई उहाँको छ । सूचना प्रविधिको दुरपयोग रोक्न सरकारी संयन्त्र कमजोर छ, यसका लागि ठोस योजना तथा नीति नियम ल्याउनुपर्ने जनाइएको छ । साइबर अपराधीहरुले नगद लाभ लिने दृष्टिले बैंकिङ क्षेत्रलाई बढी निसाना बनाएको देखिन्छ, अमेरिकन आइटी विश्लेषक ग्यूरिन मुरम्यानले नेपाल जस्ता विकासन्मुख देशका लागि प्रविधि विकास र प्रगतिको आधारमात्र नभइ अविनास पनि हुन सक्ने प्रति सचेत गराउनु भयो ।
सूचना प्रविधिको भरपुर प्रयोग भइरहदा त्यसका कमजोरी र समस्याहरु पनि थपिदै जान्छन त्यसबाट प्रयोगकर्ता सचेत हुनु पर्छ उहाँले भन्नुभयो, साइवर थ्रेट, साइवर अपराध भन्दा ठूलो र अन्तराष्ट्रिय समुदायका लागि चुनौतीको रुपमा देखा परेकाले यसतर्फ सबैभन्दा बैकिग तथा बित्तिय क्षेत्र चनाखो हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सांसद गगन थापाले प्रविधिको प्रयोगकर्ता भएपनि यसको सुरक्षाका विषयमा आफू जानकार नभएकाले यसप्रति सबै नागरिक सचेत हुन जरुरी रहेको धारणा राख्नुभयो । प्रविधिको प्रयोग नराम्रो कामका लागि भन्दा राम्रो कामका लागि बढी गर्नु पर्ने सुझाव उहाँको थियो ।
त्यस्तैं, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ सोसल मिडियालाई कानुनको दायरामा ल्याउन र साइवर सुरक्षा चूनौतिलाई रोक्न साइवर सेक्युरेटी पोलिसी निर्माणको तयारीमा रहेको बताउनुहुन्छ । सरकारी काम कारवाहीलाई प्रविधिमैंत्री पेपर लेसको अवधारणमा लैजान लागिएको छ । यस्तो अवस्थामा प्रविधिको नै दुरुपयोग हुने हो भने कामकारवाहीमा ठूलो असर पर्छ सचिव गुरुङले भन्नुभयो–संसारभर नै साइवर अपराध चूनौति पूर्ण बन्दै गएकाले नेपालका लागि त्यस्ता चुनौतिको सामना गर्न क्युआरटी (क्वीक रेस्पन्स टीम ) गठन गर्न जरुरी रहेको छ । साइवर सुरक्षा कानुन प्रभावकारी लागू गर्नु पर्ने भएको छ ।
आइसिटी पत्रकार विकास मञ्चले मिडिया संयोजन गरेको उक्त कार्यक्रममा रोलिङ प्लाण्ट प्रालिका प्रमुख अनुप जंगम, निर्देशक निशा केसी, सुरक्षा निकायका प्रतिनिधि, सरकारका विभिनन मन्त्रालयका प्रतिनिधि, प्रविधि विज्ञ, क्यानका प्रतिनिधि, बैक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुले प्रविधिको बढ्दो प्रयोग र सुरक्षा उपायका सम्वन्धमा आ–आफ्नो धारणा राखेका थिए ।
उनीहरुले साइवर अपराध र यसको चूनौति रोक्न सरकारले सशक्त कानुन निर्माण गरी कार्यान्वयनमा जोड दिनका साथै प्रयोगकर्ताहरु समेत सचेत हुनु पर्ने, प्रविधिको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संघ संस्था समन्वयात्मक ढंगले क्रियाशील हुनु पर्ने जस्ता धारणा तथा सुझाव राखेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: