×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनुमति क्याटेरिङ, काम डान्सिङ !

काठमाडौं । दरबारमार्गस्थित चर्चित डिस्को डेजाबुका मालिकले राजश्व छली गर्ने डिस्को थेकलाई खाजा खुवाउने र क्याटरिङ सर्भिस तथा भोजनालयको नामबाट दर्ता गरेको पाइएको छ । आईतवार बेलुका जिल्ला प्रशासन कार्यालयका सहायक सिडीओ प्रेम लुईटेलको टोलीले डिस्कोमा छापा मार्दा डिस्कोको रहस्य बाहिर आएको हो । १० करोड भन्दा बढीको लागतमा निर्माण तथा दैनिक लाखौं व्यापार गर्दै आएको उक्त डिस्कोमा गुण्डा नाईके राम गिरी देखि सुन तस्कर दिपक मल्होत्राका भान्जा मनिषराज भण्डारी समेत एक दर्जनको लगानी छ । प्रवेश शुल्कमात्र डिस्कोले दैनिक एक लाखको हाराहाराीमा उठाउने गर्छ । मदिरा र खाना खुवाईको मात्र दैनिक दुई लाख भन्दा बढीको व्यापार हुन्छ । 
तर डिस्को मूल्य अभिबृद्धी कर भ्याटमा दर्ता भएपनि प्रबेश शुल्कमा बिल काटिँदैन । यति मात्र नभए मदिरा र मध्यमान बेच्ने अनुमती समेत डिस्कोले लिएको छैन । राजधानीको मुटुमा खोलिएको उक्त डिस्कोमा प्रहरीका हाकिम समेत समय समयमा रमाउन पुग्छन् । अनुगमन गर्ने निकायको कमजोरीको कारण एउटा डिस्कोबाट मात्र राज्यले मासिक लाखौ रुपैंया घाटा व्यहोर्दै आएको छ । 
प्रहरीको सेटिङमा मापदण्ड विपरित खोलिएको यस्ता डिस्कोमा प्राय अबैध धन्दा हुने गरेको पाईएको छ । लागूऔषध कारोबार देखि हाईप्रोफाईललाई युवती सप्लाईसम्मको धन्दा डेजाबु लगायत केही डिस्कोमा हुदै आएको स्रोतहरूको दाबी छ । 
दुई साता अगाडी सभासद् तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवालेले डेजाबु डिस्कोको बारेमा कुरा उठाएपछि डिस्कोको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयबाट टोली खटिएको हो । देउवाले सुरक्षाको दुष्टिकोणबाट डेजाबु डिस्को असुरक्षीत भएको कुरो उठाएकी थिइन् । प्रवेश गर्ने र बाहिरने साना साना ढोका भएको डिस्कोमा भूईचालो वा आगलागी भए डिस्कोमा रहेका सयौं युवा युवतीको उद्दार कसरी हुन्छ भन्दै प्रश्न गरेकी थिईन् । देउवाले कुरा उठाएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले ठमेल र दरबारमार्गमा सञ्चालित डिस्को र डान्सबारमा छापा मारेको थियो ।  जनप्रहार साप्ताहिक खबर छ । 
प्रशासन कार्यालयका साहयक सिडीयो प्रेम लुईटेलले कानुनसम्मत दर्ता प्रक्रिया छ या छैन भनेर अनुमगन गरेको बताए । डेजाबु डिस्कोले कम्पनीको उद्देश्यमा मात्र डान्स डिस्को चलाउने उल्लेख गरेको छ । प्रमुख उद्देश्य नै डिस्को चलाउने भएपनि प्यान प्रमाण पत्रमा भने खाजा खुवाउने र क्याटरिङ सर्भिस चलाउने मात्र उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: