×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दार्जिलिङलाई नेपालको नुन तेल

बजार ठप्प छ । तैपनि विहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन तेलदेखि दाल चामलसम्म बेच्न भ्याइ नभ्याइ छ । 
पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ । आजको नागरिकमा यो खबर छ ।
भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असर पशुपतिनगर बजार पनि ३५ दिनदेखि ठप्प छ । अन्य सबैजसो पसल बन्द छन् । तर खाद्यान्न पसलमा भने जति बेलै भरिभराउ ग्राहक हुन्छन् ।
बिहान बेलुका चाहिने खाद्यान्न लिन भारतीय नागरिक दिनहुँ पशुपतिगर आइरहेका छन् । आमहडतालका कारण गाडी नचल्ने भएकाले भाारतीय ग्राहक घण्टौ. धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारीरहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: