×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवा जी, लाजमर्दो भयो !

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन काँध थापेका माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल आजित भएका छन् । छँदा खाँदाको प्रधानमन्त्री पदबाट राजिनामा दिएर देउवालाई कित्ता खालि गरिदिएका प्रचण्डले प्रधानमन्त्री भएको दुई महिना हुन लाग्दा समेत मन्त्रीपरिषद् बिस्तार गर्न प्रधानमन्त्री देउवाले नसकेको भन्दै लाजमर्दो भएको टिप्पणी गरेका छन् । 
पार्टी सचिवालयको बिस्तारित बैठकका निर्णय सार्वजनिक गर्न आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाको कार्यशैली र व्यवहारबाट सरकारको प्रतिष्ठा र ख्यातिमा समेत आँच आएको भन्दै देउवाको ब्यवहारबाट आफू आजित भएको वताएका थिए । प्रचण्डले देउवासँगको भेटमा समेत आफूले एक वा दुई दिन भित्रै मन्त्रिपरिषद् बिस्तार गर्न सुझाव दिएको वताएका थिए । प्रचण्डले देउवालाई आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटेर मन्त्रीपरिषद् बिस्तारमा यो वा त्यो कारण भन्दै बहानाबाजी नगर्न चेतावनी दिएका थिए । 
बालुवाटार श्रोतका अनुसार देउवाले आफू प्रधानमन्त्री बन्नासाथ स्थानीय तहको दोश्रो चरणको निर्वाचनको तयारीमा जुट्नु परेको, त्यसपछि पार्टी केन्द्रीय कार्य समिति बैठक बसेको र कहिले पार्टी भित्रको अन्तरिक किचलो मिलाउन समय लागको भन्दै मन्त्रिपरिषद् बिस्तार गर्न ढिलाई भएको जनाएका थिए । देउवाले कांग्रेसको किचलो मिलाउने बहानामा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनेलाई नरोक्न देउवालाई भनेका छन् । उनले कांग्रेसबाट सरकारमा जानेको नाम टुंगो नलाग्ने हो भने माओवादी केन्द्रका सांसदलाई मात्र भएपनि मन्त्रिपरिषद्मा समावेस गर्न दबाब दिएका छन् ।  जनप्रहार साप्ताहिकमा खबर छ । 
देउवाको कार्यशैली चित्त नबुझेपछि प्रचण्डले आफ्नो पुरानै मुद्धा व्युँताएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्टपतिको पक्षमा राजनीतिक एजेण्डालाई अघि सार्ने भएको छ । यसै एजेण्डालाई अघि सारेर प्रचण्डले कांग्रेससँगको सम्बन्धबाट छुटकारा पाउँदै एमालेसँग निकट हुन खोजेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: