×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सीमानामा पठाइएका ६ हजार गोर्खा सैनिकका कमाण्डर भन्छन्- ‘भारतले ठोक भन्दैमा चीनसँग लड्दैनौं’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चिनियाँ सेनाले पेल्दै अघि बढेपछि भारतले सिक्किमको उक्त विवादित क्षेत्रमा पहिलो पटक ६ हजार गोर्खा सैनिकहरुलाई पठाएको छ । भारतले चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा गोर्खा सैनिकलाई पठाएको हो  ।
चिनले अब युद्ध गर्न तयार भएको  कुरा बताएपछि भारत तनावमा  छ । सरकारले भारतीय संचारमाध्यमहरुका अनुसार गोर्खा रेजिमेन्टका ६ हजार सैनिकहरुलाई त्यसतर्फ परिचालन गर्ने  निर्णय लिएको  छ । 
तनाव क्षेत्रमा जान लागेको गोर्खा सैनिकहरुले आदेशको भारमा चीनसँग नलड्ने बताएको भारतका केही संचारमाध्यमहरुले समाचार लेखेका छन् । भुटानको आग्रहमा भारतले चीनसँग विवाद गरिरहेको हो । 
डोकलम क्षेत्र भारतको होइन ।  चीनले उक्त क्षेत्रमा अत्याधुनिक हतियारसहितको जनमुक्ति सेना तिब्बततर्फ पठाईसकेको छ । चीनले उक्त भूमी आफ्नो रहेको बताउँदै त्यो क्षेत्रमा सडक विस्तार गरिरहेको छ । 
एक कमाण्डरले भने ‘हामी विवादित क्षेत्रमा जाँदैछौं, सरकारले लड् भन्दैमा हामी चीनसँग लड्ने पक्षमा छैनौं’ आफूहरु चीनसँग लड्न नभएर समन्वय गर्न जान लागेको उनले बताएका छन् । सरकारले आदेश गरेकाले आफूहरु त्यसतर्फ जान लागेको भन्दै एक गोर्खा सैनिकका कमाण्डरले आफूहरु त्यहाँको अवस्था बुझेर मात्र निर्णय गर्ने बताए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: