नेपाल हाइड्रो डेभलपरले पायो आइपीओ बिक्री गर्ने अनुमति
Powered by Blogger.
नेपाल हाइड्रो डेभलपरले पायो आइपीओ बिक्री गर्ने अनुमति


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल हाइड्रो डेभलपर लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल हाइड्रोले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको ३ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्दैछ । हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । नेपाल हाइड्रोले ३ हजार ५२० किलोवाटको चर्णवति हाइड्रोपावर सञ्चालन गर्दै आएको छ भने ६ हजार ८०० किलोवाटको लोवर चर्णवतिमा लगानी गर्ने योजना बनाएको छ । कम्पनीको संस्थापक सेयरधनीमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, देव किसन मुन्दरा, आनन्दप्रसाद पोखरेललगायत छन् । धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाले अब छिट्टै निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जानकारी दिएको छ । 


Published Date : Saturday, July 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...