×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृहमन्त्री शर्माको जिल्लामा काँग्रेस-एमालेको बेहाल, तीनओवटै तह माओवादीको कब्जामा

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सबै तहमा जित हात पारेको माओवादी केन्द्रले यसपटक पनि गृहमन्त्री जनार्दन शर्माको ग्रिहजिल्ला रुकुमका तीन ओटै तहमा काँग्रेस-एमालेलाई टेक्न नदिने भएको छ ।
प्रदेश नम्बर ६ मा परेका सानी भेरी,त्रिवेणी,बाँफीकोट,अठबिसकोट,चौरजहारी,मुसिकोट सबै स्थानीय तहमा जित हात पारेको माओवादी केन्द्रले प्रदेश नम्बर ५ मा परेका तीनवटै तह कब्जा गर्ने भएको छ ।
अहिलेसम्म पुथा उत्तरगंगा र भूमे गाउँपालिकाका अधिकांश वडा सहित जित हात पारिसकेको छ भने सिस्नेमा पनि उसैको अग्रता छ ।
भुमे गाउँपालिकाको अध्‍यक्षमा रामसुर बुढा र उपाध्यक्षमा मनकुमारी बिष्ट निर्वाचित भएकी छिन् । अध्यक्षमा बुढाले ३ हजार ४८२ मत पाए भने बिष्टले ३ हजार ४९४ मत पाएकी छन् ।
त्यसैगरी पुथा उत्तरगंगाको अध्यक्ष ओमप्रसाद घर्ती २ हजार ५५१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा ओमकुमारी शाही मल्ल २ हजार ६३५ मत प्राप्त गरेकी छन् ।
काँग्रेस र एमालेका उम्मेदवार ठूलो मतान्तरले हारेका छन् । जनयुद्धमा पहिलो जनसरकार घोषणा भएको रुकुममा जरा गाड्ने काँग्रेस र एमालेको प्रयास असफल भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: