×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सडकका खाडलहरुले राजधानीबासीलाई जिस्क्यिाइरहँदा पनि सम्बन्धित निकाय अझै मौन

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं – चाबहिलबाट छिरे लगतै  अलि अलि पानी पर्न साथ हिलोमाण्डु र केहि समय घाम लाग्दा धुलैधुलोको सहर काठमाडौ बर्षायाम लागेलगतै हिलमाण्डु र तालमाण्डु बनेको छ । काठमाडौंका अधिकाँस स्थानमा निकै हिलो जमेको छ, भने कतिपय स्थानमा सडकहरु ताल बनेका छन् । कलंकी, सामाखुसी, तीनकुने क्षेत्र तालमाण्डु  छन्  भने, चावहिल–बौद्ध हिलमाण्डु बनेको बनेका छन् ।
काठमाडौंका सडकमा ताल जमेपछि नेपालटारमा बिजिता खनालले ज्यान गुमाएकी छिन् । एकजनाले बल्लबल्ल ज्यान जोगाएकी छिन । गत शनिबार एक घण्टा लगातार झरी पर्दा जावलाखेलदेखि कलंकीसम्मका सडक जलाम्य बने । सवारी साधन र सडकमा पैदल हिड्ने यात्रुहरुले निकै सास्ती पाए । हिलोका कारण कतिपय गाडीहरु मेलम्चिले खनेका खाड्लमा खसेका छन् ।
 सरकारी कार्यालयहरुबीच समन्वय हुन नसक्दा सडकका खाडलहरुले राजधानीबासीलाई जिस्क्यिाइरहेका छन् । राजधानीमा एक छात्राले ज्यान गुमाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल खाडल पुर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीले आदेश १५ दिन वितिसक्दा पुरा हुन सकेको छैन । राजधानीको सडक दुर्दशा गराउने मेलम्ची खानेपानी, नेपाल टेलिकम मुख्य जिम्मेवार हुन् । उनीहरुले खनेका खाडलले राजधानीबासीलाई समस्या मात्र निम्त्याएका छैनन् मृत्युको मुखमा पनि पुरयाएका छन् ।
सडक निर्माण विभागले ठेकेदार कम्पनीका कारण सडकमा समस्या आएको बताउन थालेको छ । राजधानीका सडक धुलाम्य, हिलाम्य भएपनि सरोकारवाला निकाय भने एकअर्कालाई दोषारोपन गर्नमै ब्यस्त छन् । ब्यवस्थापिका संसदको लेखा समितिले सरकारलाई, सरकारले मेलम्ची र टेलिकमलाई, मेलम्ची र टेलिकमले ठेकेदार कम्पनीलाई दोष लगाउने गरेका छन् । 
काठमाडौका सडक २० मिनेट झरी पर्यो भने ताल बन्ने र २,३  घण्टा चर्को घाम लाग्यो भने धुलो उड्ने  गरेका छन् । सडक विस्तारको ठेक्का पाएका निर्माण कम्पनीहरुले जिम्मेवारीपूर्वक काम नगर्नु,आर्थिक वर्ष सकिनै लाग्दा रकम फ्रीज हुनबाट जोगाउनका लागि मात्र छिटोछिटो काम सक्न लापरवाहीपुर्वक योजना अगाडी बढाउनुले राजधानीका सडकको कन्तिबिजोग भएको हो । हिउदभरी धुलमाण्डु र वर्षा लागेपछि हिलमाण्डु र तालमाण्डु हुने गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: