×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेकपा माओवादी केन्द्रलाई छोडेर नयाँ शक्तिमा लागेर अहिले सम्म उल्टो बाटोमा हिडेको महसुश – देवकोटा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  –  स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका हुन् । पार्टीको पराजय कोहि कसैले ब्याहार्नु पर्ने भन्दै आफुले राजीनामा दिएको बताए । गत मंगलबार मात्र आफुले राजिनामा दिएर पद त्याग गरेको जानकारी पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई दिएका हुन्  । 
‘२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजिनामा दिनुपर्छ भनियो निकै जोड गरियो नयाँ शक्तिको खाँचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयो’, उनले लेखेका छन्, ‘तर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन् । उनले बुझाएको ६ बुँदे पत्रको चौथो बुँदामा यसबारे उल्लेख गरेका थिए  । 
यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसुस भइ मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, सञ्चार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निश्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए । सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेषित गरेको छु ।
नेकपा माओवादी केन्द्रलाई  छोडेर  नयाँ शक्ति पार्टी नेपालमा सहभागी भएकोमा आफु उल्टो बाटोमा हिडेको समेत बताउनु भयो । रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो । त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं । बबररमहलबाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो । त्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्राय वैठकहरु सकिन थाले । पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन , पार्टीको वैकल्पिक राजनीतिको अन्दाजसम्म पनि हुन छाडयो भनि  देवकोटाले लेखेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: