×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंबाट ४ दिनअघि अपहरणमा परेका बालक सकुशल फेला, यसरी भयो अपहरण !

अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । 
ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार विहान काँडाघारीबाट उद्धार गरेको हो । क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै अपहरणमा परेका थिए । 
बुटवल घर भई हाल असनमा बस्दै आएका अजय चौधरीका ५ वर्षीय छोरा उनी अपहरणमा परेको खवरसँगै असन आसपासका सर्वसाधारण बालकको सकुशल रिहाई र सुरक्षाको माग गर्दै शुक्रबार सोह्रखुट्टे प्रहरी बृत घेर्न पुगे ।
यसरी बालक अपहरणमा परेको घटना बाहिरिएसँगै महानगरीय अपराध महाशाखाले अनुसन्धान शुरु गरेको थियो । घटनाको चारदिनपछि बालक सोमबार बिहान ४ बजे सकुशल फेला परेका हुन् ।
महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार बिहान ४ बजे काँडाघारी क्षेत्रमा बालक सडकमा छाडिएका थिए । ‘एक जना बुढी महिलाले बालकलाई सडकमा फेला पारेपछि प्रहरीलाई खबर गरिन् । त्यसपछि अपराध महाशाखाबाट खटिएको टोलीले बालकको उद्धार गरेको हो,’ अमात्यले भने । उनले अपहरणकारी पनि पत्ता लगाइसकेको र अब कारवाही अघि बढाइने बताए ।

यसरी भयो अपहरण !
विशाल चौधरीलाई बिहिबार बिहान दश बजे अभिभावकले विद्यालय पुर्याएका थिए । सधैजसो बिहान पुर्याउने र दिउँसो साढे ३ तीनबजे लिन जाने अभिभावकको रुटिन थियो । त्यहि अनुसार बिहीबार पनि बिशालका बुवा विजय छोरा लिन स्कुल पुगे ।
छोरो लिन स्कुल पुगेका विजयलाई स्कुलका शिक्षकले भर्खर विजयलाई घर पठाएको भन्ने जवाफ पाए । उनी एकछिन त अक्क न बक्क परे । सधै आफै लिन आउने र लैजाने गरेका उनलाई कसले लग्यो भन्ने खुल्दुली लाग्नु स्वभाविक थियो । उनले परिवारका सदस्यलाईै सोधखोज गरे । कसैले पनि आफुले लगेको भन्ने भनेनन् । त्यसपछि हल्लाखल्ला मच्चियो । स्कुल वरिपरि सवै खोजीमा लागे । कसैले भेटाएनन् । 
विद्यालयको सिसीटिभी फुटेज अध्ययन गर्दा बालकका बाबु विद्यालय पुग्न ५ मिनेटअघि एउटा मोटरसाइकलमा राखेर बालकलाई कसैले लगेको देखिएको थियो ।
परिवारले आफ्नो पसलमा काम गर्ने कामदारमाथि अपहरणको आशंका गरेका छन् । तलब नदिएको निहुँमा कामदारसँग त्यसअघि भनाभन भएको परिवारले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: