×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अयोग्य’को अखडामा सीईओको मनपरी ! कुमारी बैंक ‘बाफिया’ विरुद्ध चल्दापनि राष्ट्र बैंक किन मौन ?

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुमारी बैंकमा संस्थापक सीईओ भएर सिद्धार्थ गएका र सिद्धार्थमा ‘आपत’ परेपछि कुमारी बैंकमै फर्किएका सीईओ सुरेन्द्र भण्डारीले बैंकभित्र मनपरी गर्न थालेको खुलासा भएको छ । संचालक समितिका सदस्यहरुको चाकडी गर्ने बहानामा बैंकका सीईओ भण्डारीले मनपरी गर्न थालेका हुन् । बाफिया विरुद्ध संचालक रहेका नरेश दुगडकै आशीर्वादमा पुन: कुमारी फर्किएको भन्ने आरोप लागेका उनले सोहि आरोप पुष्टी हुने खालका कामहरु गर्न थालेको बैंकका कर्मचारीहरुले गुनासो गर्न थालेपछि उनको भूमिका रहस्यमय देखिएको हो । 
बाफियाको बर्खीलाप गदै कुमारी बैंक, सीईओ अयोग्यलाई बचाउने खेलमा 
बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुसार बैंकका संचालक रहेका नरेश दुगड ‘अयोग्य’ भएपनि उनी हालसम्म कुमारी बैंकमा संचालकका रुपमा नै काम गरिरहेका छन् भने दुगडलाई सीईओ सुरेन्द्र भण्डारीले संरक्षण गर्ने प्रयास गरेको आरोप बैंकभित्रकै कर्मचारीहरुले लगाउने गरेका छन् । दुगडकै आशीर्वादले कुमारीको सीईओ बनेको आरोप लागका भण्डारी अहिले दुगडकै गोप्य निर्देशनमा काम गरिरहेको बैंक स्रोतको दावी छ ।
बैंक तथा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को ‘ठ’ नम्बर बुँदामा ‘चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनैपनि फौजदारी कसुर वा बैंकिङ्ग कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको’ हकमा संचालक समितिमा बस्न नपाइने भन्न स्पष्ट व्यवस्था छ भने सोहि सेक्सनको बुँदा नम्बर ‘ण’ मा ‘ अदालतको फैसला बमोजिम लागेको कैद, जरिवाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको’ हकमा संचालक समितिमा बस्न नपाइने भन्ने स्पष्ट व्यवस्था छ । 
दुगड ग्रुपका सञ्चालक समेत रहेका कुमारी बैंक लिमिटेडका सञ्चालक नरेश दुगड बाफियामा रहेको यहि परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को ‘ण’ नम्बर बुँदाअन्तर्गत सञ्चालक समितिमा बस्न ‘अयोग्य’ छन् । तर उनलाई कुमारी बैंक लिमिटेडले अझै संचालक समितिबाट हटाएको छैन । कुमारीको संचालक समितिमा बस्न ‘अयोग्य’ ठहर भएर पनि बसीरहेका दुगडलाई कालोबजारी गरेको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।  बाफिया २०६३ पूरा पढ्न यहाँ क्लिक गर्नुहोस् ।  
सीइओको मनपरीले बैंकमा भद्रगोल, राष्ट्रबैंक मौन !
यसो त यसअघि कुमारी बैंकमा हुँदापनि विभिन्न खाले विवादमा परेका सुरेन्द्र भण्डारीले अहिले पुन: बैंकमा फर्किएपछिपनि कुमारी बैंकमा मनपरी गर्न थालेका छन् । राष्ट्र बैंकले दिएको निर्देशन टेर्नुपर्दैन भन्ने शैलीमा काम गर्ने, आफुखुसी कर्मचारी बढुवाको प्रक्रिया अगाडी बढाउने, लगायतका मनपरी गरेर सीइओले बैंकमा काम गर्ने वातावरण नै विगारेको बैंकका कर्मचारीहरुको आरोप छ ।  

यसो त कुमारी बैंकलाई विशेषत दुइ कुरामा नेपाल राष्ट्र बैंकलाई अटेरी गरेको आरोप छ । एक त अयोग्य सञ्चालकलाई बैंकले अझैसम्म निकालेको छैन भने अर्कोतर्फ प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति मात्र होइन, अरु केहि नेपाल राष्ट्र बैंकका सर्कुलरपनि बैंकले मानेको छैन । यतिसम्मकि कतिपय नेपाल राष्ट्र बैंकका निर्देशनहरु त बैंकको सञ्चालक समितिको बैठकमा प्रवेशनै नगर्ने गरेको बैंककै उच्च स्रोत दावी गर्छ । 

यसरी खुलेआम नेपाल राष्ट्र बैंकको निर्देशन नमान्दापनि बैंकलाई कुनैपनि कारवाही नगरिएको देखिनाले नेपाल राष्ट्र बैंकको नियतमै समेत शंका देखिएको सरोकारवालाहरुको गुनासो छ । यसो त सिद्धार्थमा रहेका भण्डारीलाई राष्ट्र बैंकसंगको सेटीङ भत्किने वातावरण बनेपछि बैंक धरासायी हुने दरले राष्ट्र बैंकसंग दलाली गर्नकै लागि भण्डारीलाई कुमारी ल्याइएको चर्चा चलेको थियो ।  
यो पनि पढ्नुहोस् :

    Hamro Parto AD
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: