×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आज को को बन्दैछन् मन्त्री ? देउवा र प्रचण्डले गरे अन्तिम हस्ताक्षर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कांग्रेसका १० जना र माओवादीका ६ जना नयाँ सदस्यहरु आज मन्त्री हुने भएका छन् । उनीहरुलाई आजै नियुक्त गरी आजै पद तथा गोपनियताको सपथ दिलाउने तयारीमा लागेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् ।
कांग्रेस र माओवादीबीच साउन ४ गते भएको सहमति अनुसार, कुल ३० मन्त्रालयमा कांग्रेसको भागमा १३, माओवादीको भागमा ९ र फोरम लोकतान्त्रिकलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालय बाँडिएको छ भने बाँकी चार मन्त्रालय राप्रपा र साना दलका लागि छुट्ट्याइएको छ ।
माओवादी र फोरम लोकतान्त्रिकले आन्तरिक रुपमा छलफल गरी नाम दिने तयारी गरिरहेका छन् । कांग्रेसको भागमा परेका मन्त्रालयमध्ये खाली रहेका १० वटा मन्त्रालयमा पार्टीको तर्फबाट क–कसलाई पठाउने भन्नेबारे प्रधानमन्त्री देउवाले आफ्ना सहयोगीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग परामर्श गरिरहेका छन् ।
देउवा समूहबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेलबाट ४, नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट १, १ गरी १० जना नयाँ मन्त्री कांग्रेस नेताहरुले सहमति गरेका छन् । कांग्रेस नेताहरुले केहीबेरपछि औपचारिकता प्रदान गरिने कांग्रेस स्रोतले जानकारी दिएका छन् ।प्रधानमन्त्री देउवा समूहबाट अर्जुन जोशी, अम्बिका बस्नेत, मिन विश्वकर्मा र वीरबहादुर बलायर रहेका छन्।पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन (राजेन्द्रबहादुर) केसी र सरिता प्रसाईं रहेका छन् । त्यसैगरि सिटौला समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्दैछन् भने खुमबहादुर खड्काको समूहबाट मोहनबहादुर बस्नेत मन्त्री हुने कांग्रेसले टुंगो लगाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: