×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजश्व छलेर देश लुट्ने र बिजुली चोर्ने सिमेन्ट उद्योगको नयाँ योजना, देशलाई अन्धकार पारेर थाइल्याण्डको सपना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राज्यलाई तिर्नुपर्ने कर छल्ने, बिजुली चोरेर जनतालाई अन्धकारमा राख्ने र आफ्नै खानीमा सोझा जनताको ज्यान जाँदापनि वास्ता नगर्ने सिमेन्ट उद्योगको उत्पादन मारुती सिमेन्टले ‘१२ मा ६ खजाना’ नामक स्किम ल्याएको छ । यो कम्पनीले ठुलो परमाणमा राजश्व छलेको भन्दै केहि समय अगाडी आन्तरिक राजश्व विभागले कम्पनीका सबै खातापाता जफत गरी अनुसंन्धान गरेको थियो । 
राजश्व छलीको कुरामा कतिपय कुरालाई उसले ‘सेटीङ’ कै भरमा मिलाएको छ भने आन्तरिक राजश्व विभागमा कतिपय उसका कर्तुतका फाइलहरु अझै पेण्डीङ छ । ‘कर नतिरी एनसेल नचलाएजस्तै’ कर नतिरी मारुती सिमेन्ट नकिन्ने भन्दै गफ-गाफकै भरमा मारुती सिमेन्टको खरिद घटेपछि अन्तत: सिमेन्टले यस्तो योजना ल्याएको हो । 
अझ रमाइलो कुरा त के छ भने मारुती सिमेन्टले साप्ताहिक उपहारका रुपमा थाइल्याण्ड घुम्न लैजाने सिक्म ल्याएको छ । मारुती सिमेन्ट केहि समयअघि बिजुली चोरेको प्रमाण सहित प्राधिकरणको अनुगमन टोलीबाट ‘रेड ह्याण्ड’ समातिएको थियो । कुलमान घिसीङको उज्यालो नेपाल अभियानलाइ तुहाउन भरबजबूत प्रयास गरेको र बिजुली चोर सिमेन्टमा एक नम्बर कहलिएको मारुती सिमेन्टले थाइल्याण्ड जाने स्किम ल्याएर जग हँसाएको छ । 
ठग नै ठग कम्पनी मिल्छन् भनेजस्तै मारुती सिमेन्टले पनि त्यसै गरेको छ । कालोबजारी गरेर देश लुटीरहेको बजाजका मोटरसाइकललाइ उसले मासिक उपहारमा राखेको छ भने विभिन्न समस्या भएको र असुरक्षित रहेको भन्ने चर्चा चलेको रेनल्ट कार उसले बमबार उपहारको रुपमा राखेको छ । दैनिक रुपमा दिइने सामसङ मोबाइल भने राम्रै उपहार रहेको पाइएको छ ।
आज विभिन्न पत्रपत्रिकामा विज्ञापन छाप्दै सिमेन्टले यस्तो योजना सार्वजनिक गरेको हो । सिमेन्टले उक्त विज्ञापनमा सर्तहरु लागु हुनेछन् भन्ने उल्लेख गरेको छ । तर के कस्तो सर्त हो भन्ने कुरामा भने सबैजना अनविज्ञ छन् ।   
मारुती सिमेन्ट उद्योगका कर्तुतहरुबारे यी कुनै समाचार छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: