×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनमा सुँगुर दल्ने र… ? सुँगुरको बोसो मिसाइएको मेहेन्दी बजारमा छ्यापछ्याप्ती ! यसरि चिन्न सकिन्छ…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

साउनमा सुँगुर दल्ने र… ? सुँगुरको बोसो मिसाइएको मेहेन्दी बजारमा छ्यापछ्याप्ती ! यसरि चिन्न सकिन्छ…!

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम 
काठमाडौँ – साउनको महिना पवित्र महिना हो । हिन्दुहरुले पवित्र महिनाको रुपमा मान्ने साउनको महिनामा महिलाहरुले आफ्ना श्रीमान् वा हुनेवाला श्रीमानको आयुक लागि भन्दै शिवजीको आराधना गर्छन् । त्यसमाथि साउने सोमबार त झन् महिलाहरु आफ्ना श्रीमानका लागि भन्दै निराहार ब्रत बस्ने गरेका छन् । साउन १ देखि साउनको मसान्तसम्म साउन महिनालाई कुनै पर्वजसरी मान्नेहरुको संख्यापनि ठुलो छ नेपालमा ।
साउनका समयमा सबैभन्दा बढी चर्चा भनेको महिलाले लगाउने साडी- कुर्ता, चुरापोते र मेहेन्दीको हो । पछिल्लो समय मेहेन्दीका नाममा विभिन्न खाले हानीकारक रसायनहरु बेच्ने गरेको र त्यसको असर ठुलो पर्ने गरेको चर्चा चलेको छ । विभिन्न डाक्टरहरुले समेत मेहेन्दीको प्रयोग गर्दा होसियार हुन आग्रह गरिरहेका छन् ।
आज हामीले उठाउन खोजेको विषय भने अलि गम्भीर छ । वर्त बसेका बेला सुँगुरलाई छुन समेत हुन्न भन्ने रुडीवादी चलन पनि छ हाम्रो समाजमा । तर साउनको महिनामा महिलाहरुले लगाउने मेहेंदीमा सुँगुरको बोसो मिसाइएको हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो ।
यसो त सुँगुरको बोसो विभिन्न कस्मेटिक समानहरुमा पनि पाइन्छ । सेम्पो, विभिन्न साबुन, डिटर्जेंन्ट, रिन्कल हटाउन प्रयोग हुने क्रिममा पनि सुँगुरको बोसो र सुँगुरको हड्डीबाट निस्किने तरल पदार्थ राखिएको हुन्छ । विभिन्न चर्चित अन्तराष्ट्रिय संचारमाध्यमहरुले पनि यसको पुष्टी गरिसकेका छन् । तर सुँगुरलाई वर्त बसेका दिन छुन समेत नहुने भन्ने सोच बोकेका हिन्दु महिलाहरुले सुँगुरको बोसो र सुँगुरको हड्डीबाट निकालिने तरल पदार्थ राखिएको मेहेन्दी लगाईरहेका छन् ।

कसरी चिन्ने ?
भारतीय डाक्टर डा. आर. के मिश्रका अनुसार भारतमा पाइने कतिपय मेहेन्दीहरुमा सुँगुरको बोसो पाइने गरेको छ । र नेपालमा पनि सुँगुरको बोसो मिसिएका त्यस्ता मेहेन्दीहरु भित्रने गरेका छन् । हुन त सुँगुरको बोसो मिसिएका मेहेन्दीहरुलाई ‘हाइ क्वालिटी’का महेंदीको रुपमा लिने गरिएको छ । यो महंगो मेहेन्दी पनि हो ।
डा मिश्रका अनुसार सुँगुरको बोसो मिसाइएको मेहेन्दी चिन्न सजिलो छ । हेर्दा उस्तै भएपनि यो मेहेन्दी छुँदा अलि साह्रो हुन्छ । मेहेन्दी लगाउँदा फींजजस्तो पदार्थ देखियो भने उक्त मेहेन्दीमा सुँगुरको बोसो राखिएको छ भन्ने बुझ्नुपर्छ । यो मेहेन्दी केहि महँगो हुने हुनाले महँगो मेहेन्दी किन्दा त्यसको प्याकेटमा समेत केहि प्रतिशत ‘पिग फ्याट’ भनेर उल्लेख गरिएको हुन्छ । उनका अनुसार त्यसैले लेवल हेरेर मात्र मेहेन्दी किन्नुपर्छ । सुँगुरको बोसो कस्मेटिक समानमा प्रयोग हुने नै तत्व भएकाले यसलाई अन्यथा लिन नामिलेपनि हिन्दु धर्मावलम्वीहरुले वर्त बसेका समय सुँगुरलाई हेर्ने दृष्टिकोण नै फरक हुने भएकाले सजक हुन आवश्यक छ ।
यसो त बजारमा पाइने सस्तो मेहेंदीमा सुँगुरको बोसो हालिएको हुँदैन । महँगो मेहेन्दी किन्दाभने ध्यान दिन जरुरी छ । नेपालमा पनि लेवलमा उल्लेख नगरिएका तर यस्ता मेहेन्दीहरु पाइने गरेको भारतीय व्यापारीहरु बताउँछन्। 
साउन सन्दर्भका यी सामाग्रीहरु छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: