×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार ! ब्युटी पार्लरदेखि सडकका पेटीहरुमा मेहेन्दीको प्याकेटमा बिष बेचिंदैछ, यस्तो छ डाक्टरको सुझाव

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम  
काठमाडौँ – साउन लागेसँगै बजारमा साउने रौनकले महिलाहरुलाई छपक्कै छोपेको छ । हिन्दु धर्मको प्रभाव रहेको नेपालमा साउनलाई छुट्टै महत्वका साथ मनाइने गरिन्छ । आफ्नो पतिको दिर्घायुको कामना गर्न होस्, वा राम्रो पति पाउँ भनेर साउनभर चोखो बस्ने, चोखोमात्र खाने, साउनको सोमबार वर्त बस्नेसमेत गर्छन् नेपाली महिलाहरु । यसो त सांस्कृतिक महत्वसँगै साउन महिनालाई फरक चाडबाड जसरी मनाउने महिलाहरुको संख्या पनि ठूलो छ नेपालमा । साउन लागेसँगै बजारका चुरा पसल, साडी पसल, कुर्ता पसलदेखि मेहेन्दीको व्यापार गर्नेहरुलाई साउनभन्दा बढी ‘दशैं’ लागेको छ । रिति-थिति, संस्कृतिमात्र होइन महिलाहरुको देखासिखीको महिना पनि बन्ने गरेको छ साउन । साउनको बहानामा गहना, मेहेन्दी वा साडी देखाउने गलत चलनले विकृति पनि ल्याएको छ । यहि विकृतिका बीच स्वास्थ्यका लागि हानीकारक मेहेन्दीसमेत छ्यापछ्याप्ती बेचिने गरेको खुलासा भएको छ । 

के तपाईंलाई थाहा छ मेहेन्दी हानिकारक हुन्छ? 
फुटपाथदेखि चलेका ब्यूटीपार्लरसम्म बेचिने यस्ता घातक मेहेन्दी जथाभावी लाउँदा त्यसको नकारात्मक असर पर्ने चिकित्सकहरु बताउँछन् । मेहेन्दीमा हुने रसायनले स्वास्थ्यमा ठूलो हानीसम्म हुन सक्ने चिकित्सकहरु बताउँछन् । विशेषगरी बजारमा जथाभावी लाइने मेहेन्दीमा हुने रसायनका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्छ । वरिष्ठ मेहेन्दी डिजाइनर कुलदीपकुमाका अनुसार नेपाली बजारमा छ्याप्छ्याप्ती पाइने यस्ता मेहेन्दी लगाउँदा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्छ । अझ हानीकारक रसायन राखिएका मेहेन्दी लगाउँदा त क्यान्सरसम्म हुन सक्छ । ‘मेहेन्दीलाई गाढा बनाउने भन्दै केहि ठाउँमा विभिन्न केमिकल, पेट्रोल, एसीड लगायतका वस्तु राखिन्छ जुन मानिसको स्वास्थ्यको लागि घातक हुन्छ ।’ अर्का महेन्द्रा डिजाइनर अम्रेश कुमारले अर्थ सरोकार डटकमसँग भने, ‘बजारमा केहि हानीकारक मेहेन्दीपनि पाउने गरिन्छ जसको प्रयोगले छाला पोल्ने तथा क्यान्सरसम्मको रोग लाग्ने खतरा हुन्छ । नेपाली बजारमा पाइने ब्ल्याक, ब्राउन, गोल्डन, सिल्भर तथा विभिन्न रङ्गीन मेहेन्दी नलगाउंदा राम्रो हुन्छ । सस्तो पाइयो भन्दैमा जथाभावी मेहेन्दी लगाउँदा स्वास्थ्यका हिसावले निकै वेफाइदा हुन्छ ।’ 
के भन्छन् डाक्टर ?
यता डाक्टरहरुको भनाइपनि उस्तै छ । छाला रोग विशेषज्ञ डाक्टर अनुपमा कार्कीका अनुसार बजारमा सस्तो रुपमा पाइने मेहेन्दीमा केमिकलको प्रयोग हुने हुँदा मेहेन्दीले तुरुन्तै रङ्ग दिने तर मानिसको शरिरमा गम्भीर असर गर्ने बताउँछिन् । उनका अनुसार यस्ता गुणस्तरहिन मेहेन्दी लगाउंडा हात, खुट्टामा एलर्जी हुने, जीउ सुन्निने, चिलाउने, सानो–सानो फोका आउने र पछि गएर क्यान्सर हुनेसम्मको खतरा हुन सक्छ । ‘प्राकृतिक मेहेन्दी लगाउनु निकै राम्रो हो । यसले शरीरलाई केहि असर गर्दैन । तर बजारमा पाइने केमिकलयुक्त मेहेन्दीले निकै असर गर्छ ।’ उनका अनुसार अहिले बजारमा थुप्रै महिलाहरु मेहेन्दी लगाएकै कारणले विभिन्न छालाजन्य रोगहरुको सिकार बन्नसमेत पुगेका छन् । ‘बजारमा पाइने मेहेन्दी कुन राम्रो वा कुन नराम्रो भन्ने कुरा हेर्दा थाहा हुँदैन । त्यसले असर गरेपछि मात्र यो कति घातक छ भन्ने थाहा हुन्छ । त्यसैले मेहेन्दी लगाउँदा अलि ख्याल गर्दा राम्रो हुन्छ । सुन्दर देखिने बहानामा घातक मेहेन्दी लगाएर पछुताउनेहरु धेरै छन् ।’     
मेहेन्दीका नाममा बिषको व्यापार !
चिकत्सकका अनुसार बजारमा सस्तोमा पाइने मेहेंदीमा सोडियम पिक्रामिड जस्तो हानिकारक तत्वको मिश्रण गरिएको हुन्छ । ब्ल्याक, ब्राउन, गोल्डन, सिल्भर तथा विभिन्न कलरफुल मेहेन्दीका नाममा बजारमा विषको व्यापार हुँदापनि यसलाई नियमन गर्ने कोहि पनि छैन । एकातर्फ विषको व्यापार हुँदा पनि यसबारे बोल्ने कुनै निकाय छैन भने अर्कोतर्फ धार्मिक हिसावले लिईने मेहेन्दीका नाममा हानिकारक केमिकल बेचेर जनतामाथि धोका भइरहेको छ । नेपालमा मेहेन्दी बेच्नकै लागि भनेर साउन महिनाका लागि मात्रै पनि थुप्रै भारतीयहरु नेपाल भित्रिएका छन् । यिनीहरुको काम भनेकै महिनाभर नेपालमा मेहेन्दी बेच्ने हो । सबैभन्दा हानिकारक मेहेन्दी नेपालमा भारतबाट आयात हुने गरेको पाइएको छ । परिक्षण नभई ल्याईएका यस्ता मेहेन्दीलाई नियमन गर्ने कुनै पनि निकाय नभएकाले पनि नेपाली चेलीहरु साउनमा सुन्दर देखिने नाममा रोगको सिकार बनिरहेका छन् ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: