×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकका मेनेजरको मिटर ब्याज धन्दाका कारण व्यवसायी राकेश बेगवानीले आत्महत्या गरेको खुलासा !

व्यवसायी राकेश बेगवानीले आत्महत्या गरेको घटनापछि विराटनगरको व्यापारिक क्षेत्रमा ठूलो हलचल आएको छ । राकेशले आत्महत्या गर्नुपर्ने कारण मिटर ब्याज नै हो र उनलाई धम्कीपूर्ण दबाब आउन थालेपछि उनी आत्महत्या गर्न बाध्य भएका हुन् भन्ने भनाइ व्यापारीहरु व्यक्त गर्न थालेसँगै मिटर ब्याजको विषयले प्रमुखता पाउन थालेको छ ।
मिटर ब्याजबाट तत्कालै आर्थिक लाभ लिन खोज्ने कारोबारीहरुले राजधानीपछि विराटनगरलाई आफ्नो केन्द्र बनाएको पुष्टि भएको छ । मिटर ब्याजका कारणले विराटनगरमा भएका केही घटनाबाट त्यस्तो कारोबारको जालो निकै फैलिएको देखिएको छ । मिटर ब्याजको धन्दा विराटनगरमा राम्रोसँग चल्ने देखिएपछि काठमाडौंबाट लगानीकर्ता महिनौं दिनदेखि यहाँ बसेर कारोबार गर्ने गरेको रहस्य खुल्न पुगेको छ ।
बैंक र बजारको समेत पैसा खाएर बेपत्ता भएका शिवेन्द्रकुमार बर्माले बजारका व्यापारीलाई दिएको धेरै चेक बाउन्स भएपछि उनी भागेको व्यापारीहरुले थाहा पाएका हुन् । बर्मालाई कर्जा दिएर ठगी गर्न सहयोग पु¥याउने नारायण अग्रवाल नै हुन् । उनी मेगा बैंकमा शाखा प्रबन्धक भएर विराटनगर बसेको बेला बर्मालाई अग्रवालले कर्जा दिलाएका थिए ।
बैंक र व्यक्तिको करोडौं खाएर फरार भएका शिवेन्द्र बर्मालाई सिविल बैंकबाट दिइएको उनको कम्पनी एसआरएसको नाममा छ करोड कर्जा कीर्तेबाट कर्जा प्रवाह गर्न नारायण अग्रवालले सहयोग गरेको खुल्न आएको छ । तत्कालीन सिभिल बैंकका प्रबन्धक नारायण अग्रवालले सो बैंक छोडेपछि मेगा बैंकको कीर्ते कागज बनाई बर्मालाई छ करोडबराबरको कर्जा स्वीकृति गर्ने प्रयत्न गरेको रहस्य पनि अहिले आएर खुलेको छ ।
समाचार स्रोतका अनुसार कीर्ते कागजबाट कर्जा दिन लागेकै बेला सो बैंकको केन्द्रीय कार्यालयले थाहा पाउँदापाउँदै पनि तत्कालीन मेगा बैंकका सीईओ गाविन्द गुरुङले अग्रवाललाई कारबाही नगरेको हुँदा बर्माले बैंकलाई ठग्न सफल भएका थिए । रानीमा शिवम् लेब्रोटरी प्रालि नामक केमिकल फर्म खोली कारोबार गर्ने शिवेन्द्रकुमार बर्माले विराटनगरको पीआर केमिकलका सञ्चालक प्रवीण निरौलालाई भुक्तानी गरेका धेरै चेकहरु खातामा पैसा नभएकाले बाउन्स हुने गरेको रहस्य खुलेसँगै विराटनगरमा हुने गरेको मिटर ब्याजको प्रकरण सार्वजनिक बन्न पुगेको छ । 
मिटर ब्याज प्रकरणमा विराटनगर छाडेर भाग्नेहरुको संख्या पनि थपिँदै छ । केही दिन पहिलेमात्र ठाकुरवाडी रोडमा ज्वेलरीको पसल गर्दै आएका विनोद साह पनि केही दिन अघिबाट फरार छन् । विनोद ज्वेलर्सका सञ्चालक साहले बजारबाट डेढ करोडजति रकम लिएर फरार भएको सुनचाँदी व्यवसायीहरुले जानकारी दिएका छन् । त्यसैगरी विराटनगरको मेनरोडमा रहेको कृष्णा स्टोर्सका सञ्चालक पनि १५ दिन पहिलेमात्र करिब १० करोडभन्दा बढी नै ठगी गरेर फरार भइसकेका छन् । अझै विराटनगरबाट ठगी गरेर भाग्ने व्यापारीको संख्या वृद्धि हुने अनुमान गर्न थालिएको छ ।
विराटनगरको जोगबनीमा आँखा अस्पताल खोल्न भनी दुई वर्षअघि भवन निर्माण गर्न सुरु गरेका जहवार अहमद (भुट्टो) पनि नारायण अग्रवालको चंगुलमा परेर बर्बाद भएका छन् । उनले अस्पताल बनाउन अग्रवाल मेगा बैंकको विराटनगर शाखा प्रमुख हुँदा तीन करोड ५० लाख ऋण लिएका थिए । सो रकमबाट काम गर्न नसकेपछि उनी अग्रवालकै माध्यमबाट लुम्बिनी बैंक पुगेका थिए । त्यहाँबाट उनले सात करोड ५० लाख ऋण लिएका थिए । त्यसपछि उनी त्रिवेणी बैंक पुगे त्यहाँ पनि अग्रवालले उनलाई सहयोग पु¥याएको बताइन्छ । त्रिवेणी बैंक मर्ज भएपछि उनको ऋण अहिले जनता बैंकमा रहेको छ । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: