×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नगरपालिकामा लुट ! सेवाग्राहीसँग ५००० लिएर कार्यालयमा ६० रुपैयाँ लिएको रेकर्ड ! (हेर्नुहोस् प्रमाण)

तस्विर -कुमार भट्टराई रासस
काठमाडौ – नगरपालिकाको लेखामा कतिसम्म घुसखोरी वा बदमासी हुन्छ भन्ने कुराको पछिल्लो प्रमाण भेटिएको छ । झापा शनिस्चरे स्थित शनिअर्जुन नगरपालिका कार्यालयको आम्दानी रसिदमा व्यापक बदमासी हुने गरेको फेला परेको छ । सबैजसो रसिदमा सेवाग्राहीलाई दिने रसिदमा ५००० रुपैयाँ लिने र आफ्नो कार्बन कपिमा ६० रुपैयाँ राखेर ठगी गर्ने गरेको पत्ता लागेको हो । 
सिरियल नम्बर ५९० अन्तर्गत दुवै रसिदमा झापा शनिअर्जुन नगरपालिका वाड नं. ९ का विष्णु कुमार शर्मा भट्टराईलाई मुल्याङ्गकन सिफारिस सेवा दिएवापत नगदी रसिद भरिएको हो देखिन्छ । तर भट्टराइलाई दिएको रसिदमा ५००० रुपैयाँ लेखिएको छ अर्थात भट्टराइलाई ५००० रुपैयाँ लिईएको छ भने सरकारी रेकर्डमा ६० रुपैयाँ देखाइएको छ । 
‘तलमाथि नमिलेको अवस्थामा अक्षर देखिएकाले पछि खाली कुनै कागजमाथी तल कार्वन राखेर राखेर कार्यालय रकर्ड प्रतिमा ६० रुपैयाँ भर्ने गरिन्छ ।’ कार्यालयका अर्का कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।  उनका अनुसार यसरी कर्मचारीहरुले वर्षमा करोडौं रुपैयाँ कमाउने गरेका छन् । यसैका लागि लेखा र रसिद काट्ने ठाउँमा रहनका लागि कार्यालयमा रस्साकस्सीनै हुन्छ ।  
यता यस विषयमा बुझ्न सम्बन्धित कार्यालयका प्रमुखलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यध्यपी त्यहाँका अन्य कर्मचारीहरुले हाकिमकै मिलेमतोमा यस्तो गलत धन्दा हुने गरेको आरोप लगाउने गरेका छन् ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: