×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी र नयाँ शक्ति असोज १ गते एकीकरण हुने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – माओवादी छोडेर नयाँ पार्टी खोलेका बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति अन्तत: पुन: माओवादी केन्द्र सँग एकीकरण हुने भएको छ । नयाँ शक्तिका संगठनका विभाग प्रमुख देवेन्द्र पौडेलको अगुवाईमा माओवादी केन्द्रसँग छलफल अन्तिम चरणमा पुगेको र एकीकरणको मिति यहि आउँदो असोज १ गते जुराइएको माओवादी केन्द्र उच्च श्रोतले जनाएको छ ।
यसअघि नयाँ शक्तिको एकीकरण उपेन्द्र यादवको पार्टीसँग हुने निश्चित प्राय भएपनि पछि उपेन्द्र यादवले ढोका दिएको नयाँ शक्ति पार्टीका नेताहरु बताउँछन् । स्रोतका अनुसार आइतबार राति नै नेता पौडेलले माओवादी केन्द्रको दोस्रो पुस्ताको नेताहरुसँग छलफल सुरु गरेका छन् । स्रोतका अनुसार बाबुराम अझै पनि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा छैनन् भने माओवादी पृष्ठभूमि भएका अधिकांश नेताहरुले एकताको लागि दवाव दिइरहेका छन् ।
‘सबै टुंगो लागिसकेको छ । अव कि बाबुराम एक्लै पार्टीमा बस्ने कि माओवादीसँग मिल्ने भन्ने कुराको विकल्प छैन । असोज १ गते एकीकरण हुन्छ ।’ नयाँ शक्ति नेपालका एक उच्च तहका नेताले अर्थ सरोकार डटकमसँग भने ।    
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: