×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसेललाई अर्को धक्का, करचुक्ता नगरी ‘लाभांश’ वापतको साढे ९ अर्व विदेश लैजान सरकारको रोक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अरवौं कर तिर्न बाँकी भन्दै एनसेललाई लाभांश विदेश लैजान सरकारले रोक लगाएको छ । नेपालमा तिर्नुपर्ने कर नतिरी उक्त रकम विदेश लैजान सरकारले रोक लगाएको हो । एनसेलले केहि समयअघि झन्डै १३ अर्व कर तिरेर आफ्नो कर दायित्व सकिएको दावी गरेपनि ठूला करदाता कार्यालयले भने उसको कर बक्यौता बाँकी रहेको देखाएको छ । एनसेलले केहि दिनअघि साढे ९ अर्व विदेश लैजान प्रक्रिया सुरु गरेको थियो। 
राष्ट्र बैंकले उक्त रकम विदेश लैजान ‘ग्रीन सिग्नल’ दिएपनि ठुला करदाताले रोकेपछी एनसेल समस्यामा परेको हो । कर कार्यालयले ६१ अर्ब रुपैयाँ बढी लाभकर निर्धारण गर्दै एनसेल मार्फत एनसेलको सेयर आजियाटा नामक कम्पनीलाई बेच्ने कम्पनी टेलियालाई चिट्ठी पठाईसकेको छ भने टेलियाले उक्त पत्रको जवाफ दिएको छैन। तिर्नुपर्ने कर र समयमा नतिरेवापतको जरिवाना गरी कुल ६१ अर्व कर निर्धारण भएको हो । 
एनसेल सम्बन्धी यी समाचार छुटे कि !
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: