×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोबाइलमा ब्यालेन्स चेक गर्नुस् त ! हिजो टेलिकमले तपाईंको ब्यालेन्स सुटुक्क चोरेको हुनसक्छ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शनिबार राती १२ बजे । टेलिकमका एक कर्मचारीले अर्थ सरोकारकर्मीलाई फोन गरे । ‘कतिको मोबाइलमा ब्यालेन्स सकियो भनेर मेसेज जाँदैछ । नेटवर्कमा समस्या छ । यसपाली ग्राहकको पैसा चोर्दा गडबड भएर इन्जिनियर साप हरुलाई तनाव छ । कुरा के रहेछ बुझ्नुहोस् । मिडियाका अरु साथीहरुलाई पनि खबर गर्नुहोस् ।’ नभन्दै त्यस्ता केहि मेसेजहरु आएका रहेछन् कतिपय ग्राहकको मोबाइलमा र सिष्टममा समस्या समेत देखिएको रहेछ ।
भएको के हो ? 
नेपाल टेलिकमका अनुसार मोबाइल सिष्टममा समस्या देखिएर गलत मेसेज ग्राहकहरुलाई गएको हो । शनिबार रातीदेखि टेलिकमका मोबाइल बिलिङ सिष्टममा समस्या देखिएको टेलिकमका कर्मचारीहरुको भनाइ छ । ‘टेलिकमको सिष्टम विग्रंदा देशभरका मोबाइल प्रयोगकर्ताहरु प्रभावित भएको सत्य हो । टेलिकमले मोबाइलमा पर्याप्त ब्यालेन्स हुँदाहुदै पैसा सकिएको म्यासेज पठाएको थियो भने टेलिफोन सेवा पनि अवरुद्ध भएको थियो । आइतबार बिहानसम्म पनि यो समस्या पूर्ण रुपमा समाधान हुन सकेको छैन । ब्यालेन्स नसकिदै सेवा अबरुद्ध भएका मोवाइलको बाँकी ब्यालेन्स सिस्टम सामान्य भएपछि फिर्ता गरिनेछ ।’ टेलिकमका एक कर्मचारीले बताए।
उनको कुरा हामीलाई खबर गर्ने कर्मचारीसँग नमिलेपछि हामीले टेलिकमकि प्रवक्तालाई फोन गर्यौं । ‘डाटा अपग्रेडेसन् गर्दा समस्या आएको हो । गत आर्थिक बर्षको डाटा ब्यवस्थापन गरी नयाँमा सार्ने क्रममा पर्याप्त प्राबिधिक तयारी नपुगेकोले गडबढी भएको हो । यो ठुलो समस्या होइन । टेलिकम प्रवक्ता प्रतिभा बैद्यले दावी गरिन् ।

टेलिकमभित्रकै कर्मचारीको यस्तो आरोप !
यता नेपाल टेलिकमभित्रका केहि कर्मचारीले भने इन्जिनियरको मिलेमतोमा यसअघि पनि यसरी सोझा सीधा नेपालीको पैसा चोरी हुने गरेको दावी गरेका छन् । ‘कहिले अपग्रेड भनेर, कहिले सिष्टममा समस्या आयो भनेर ग्राहकको रकम चोर्ने गरिन्छ । नत्र नेपाल टेलिकमको सिष्टममा जहिलेपनि समस्या किन आउंथ्यो र ? तपाईंले कहिले पनि एनसेलमा यस्तो भएको सुन्नुभएको छ ? यो त पहिलो पटक होइन । यसअघि दर्जनौं पटक यसरी समस्या देखाएर पैसा चोरिने गरेको छ ।’ उनले भने ।

उनका अनुसार पहिला पनि इन्जिनियरको मिलेमतोमा पैसा चोरीने गरिएको थियो । यसको कमिसन टेलिकमकि हाकिमसम्म पुग्ने गरेको उनको दावी छ । ‘तपाईंहरुले पो नेपाल टेलिकमको कर्तुतहरु बारे लेखिरहनुभएको छ, चासो छ र थाहा हुन्छ । अरुलाई के थाहा ? त्यसमाथि २-३ रुपैयाँ कसले वास्ता गर्छ र ! थुप्रै ग्राहकको पैसा चोरेर करोडौं रुपैयाँ भागभन्डा हुन्छ टेलिकमभित्र । न आइटी अडिट हुन्छ, न यस्ता कुरा बाहिर आउँछन् । टेलिकममा त लुट छ लुट !’ अर्थ सरोकारसँग उनले भने । 

यसअघि पनि यस्तो समस्या पटक पटक आउने गरेको थियो । टेलिकमले हरेक पटक प्राविधिक समस्या अभान्ने गरेको छ । तर खास के भएको थियो भन्ने यकिन रिपोर्ट बाहिर ल्याउन सकेको छैन । यसले ग्राहक थुप्रै पटक सोच्न वाध्यसमेत भएका छन् । यसअघि नै एक १७ बर्षीय किशोरले टेलिकमका डाटाहरु ह्याक गरेका थिए । पटक पटक यस्तो हुनु र टेलिकमकै कर्मचारीले मिडियालाई आफैं खबर गरी यस्तो जानकारी दिनुले टेलिकमभित्र केहि गलत पक्कै भइरहेको छ भन्ने स्पष्ट देखाउँछ । 

यो पनि बढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: