×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आगामी ४ वर्षका लागि नेप्सेले आज नयाँ नेतृत्व पाउँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आगामी कार्यकालका लागि नेप्सेले आज नयाँ नेतृत्व पाउने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आज बस्ने क्याबिनेटको बैठकले यसको निर्णय गर्ने भएको छ ।
‘सोमबार नै निर्णय गर्ने कुरा थियो । तर त्यो दिन प्रधानमन्त्रीको प्रेस सल्लाहकार र एआइजीहरुको नियुक्तिमात्र टुंगो लाग्यो । नेप्सेको महाप्रबन्धकको नियुक्ति मंगलबार गर्ने कि भन्ने पनि थियो । तर अन्तत: बुधबार नै नियुक्ति गर्ने भन्ने निर्णय भयो । कसलाई नियुक्त गर्ने भन्ने कुरा सोमबार नै तय भइसकेकोले केहि दिन ढिला हुँदा पनि केहि नहुने भन्ने सोचेर बुधबार यसको निर्णय हुन लागेको हो । अर्थ मन्त्रालय स्रोतले अर्थ सरोकार डटकम सँग भन्यो ।
नेप्सेको महाप्रबन्धक पदका लागि भोला पाण्ड, पर्वत कार्की, मनोज ज्ञवाली, सीताराम थपलिया, प्रकाश लम्साल, दण्डपानी न्यौपाने लगायतका आकांक्षीहरु छन् भने क्याबिनेटमा ३ जनाको नाम सिफारिस गरिएको छ । जसमध्ये एक जनालाई आज बस्ने क्याबिनेटको बैठकले नियुक्त गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: