×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको जीएमको आकांक्षीको लिष्टमा २ नाम थपिए, अम्बिका पौडेललाई नियुक्ति दिन आइएमई ग्रुपको चर्को राजनीतिक दबाव !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- सीताराम थपलियाको कार्यकाल सकिएसँगै खाली रहेको नेप्सेको महाप्रबन्धक पदका लागि नयाँ नयाँ आकांक्षीहरु पावर सेन्टर धाउन थालेका छन् । यसैबीच अम्बिका पौडेललाई नेप्सेको महाप्रबन्धक बनाउनका लागि आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल सहितको टोलीले लविङ गरिरहेको खुलासा भएको छ । 
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अम्बिका पौडेललाई नेप्सेको महाप्रबन्धक बनाउन जस्तोसुकै सहयोग गर्नपनि आफुहरु तयार भएको भन्दै चन्द्र ढकाल सहितको टोलीले राजनीतिक लविङ सुरु गरेको हो । स्रोतका अनुसार यता नेपाल एसबीआइ बैंकका छपि राज पन्तपनि लविङमा रहेको बुझिएको छ । पर्वत कार्कीलाई नेप्सेको जीएम बनाउन रेवत बहादुर कार्की लागि परिरहेका छन् भने मनोज ज्ञवालीले पनि आफ्नो सकेको गरिरहेका छन् । 
को हुन् अम्बिका पौडेल र छवि पन्त ?
हाल हाथवे इन्भेष्टमेन्ट प्रालिका संचालक रहेका पौडेल बजारका ‘ठूला’ खेलाडीका रुपमा चिनिन्छन् । उनी पछिल्लो समय धर्मका नाममा व्यापार गरेको आरोप लागेको चन्द्रागिरी हिल्स लिमिटेडका समेत निर्देशक हुन् । बजारमा बजार घटाउन लागि पर्ने खेलाडीको उपनाम पाएका पौडेल लामो समयदेखि सेयर बजारमा लागिपरेका व्यक्ति हुन् । यसअघि सरकारी जागिरेसमेत रहेका पौडेललाई केहि समय अगाडी मान्छे परिचालित गरेर बजार घटाउने काममा लागेको आरोप लागेको थियो । 
यसो त उनलाई निकै शालीन व्यक्ति भनेर चिन्नेहरुपनि छन् । बजारका ठुला खेलाडी भएकाले उनी पछी लाग्नेहरुपनि नेपाली पूँजी बजारमा थुप्रै छन् । तर अम्बिका पौडेल नेप्सेमा गएको खण्डमा नेप्से बेहाल हुने तर्क गर्ने लगानीकर्ताको ‘मास’ पनि ठूलो छ । यता छपिराज पन्त एसबीआइ बैंकमा कार्यरत छन् । उनी एसबिआइ बैंकमा चिफ रिस्क अफिसरको रुपमा कार्यरत छन् । व्यक्तित्वको हिसावले ठिक भएपनि नेप्सेको जीएम हुने करियर पोर्टफोलियो उनको अरुको भन्दा कमजोर छ । यस विषयमा सम्पर्क गर्न खोज्दा चन्द्र ढकाल र अम्बिका पौडेल दुबैले फोन उठाएनन् । 
नयाँ नयाँ नाम आउन थालेपछि ज्ञवाली र कार्की दुबैलाई तनाव !
यता आफ्नो हिसावले रस्साकस्सीमा लागेका मनोज ज्ञवाली र पर्वत कार्की नयाँ नयाँ मान्छेको नाम आउन थालेपछि तनावमा परेका छन् । यसअघि यी दुइको मात्र प्रतिष्पर्धा थियो । यसरी अरु पनि नाम आउनुलाई बजारमा चलखेलको रुपमा लिनेहरु पनि छन् । ‘मनोज ज्ञवाली र पर्वत कार्की दुबै पैसा तिरेर जीएम नबन्ने लाइनमा रहेपछि पावर सेन्टरका आसेपासेहरु पैसा दिने मान्छे खोज्दै हिंडेका छन् । यहि क्रममा पैसावालहरुलाई फकाउने काम भइरहेको छ । अन्तिम दिनसम्म अरु केहि नामहरु पनि सुनिनेछन् ।’ स्रोतले भन्यो ।       
यता महाप्रबन्धक नहुँदा नेप्सेको हालतपनि बेहाल छ भने सरकारले नेप्सेको महाप्रबन्धक पदपूर्ति गर्न ढिलो गरिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: