×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाली पूँजी वजारमा ‘नदी तर्दा पारी हेर्नु रुख चढदा माथि हेर्नु’ भनेझै गर्नु पर्छ है !

  • नवराज घिमिरे लगानीकर्ता / विश्लेषक 
सेयर वजारमा हामी प्राय: हतारमा लगानी गर्छौ र फुर्सदमा पछुताउने गर्छौ । आज म यसै विषयमा लगानीकर्ता मित्रहरुलाई आफ्नो अनुभव तथा कम्पनी छनोट गर्ने आधारभुत विश्लेषण ( fundamental analysis ) को वारेमा लेख्दैछु । 
हामी तरकारी वजारमा सब्जी किन्न जान्छौ तव हामी सब्जीलाई २/४ पल्ट ओल्टाई पल्टाई हेर्छौ । सब्जी कहिले बजारमा आएको हो ? सब्जीको पत्ता कस्तो छ ? कतै कुहिन लागेको त छैन ? ताजा छ की छैन ? यति कुरा एकिन गरिसके पछि बल्ल हामी सब्जीको भाऊ गर्न लाग्छौ । २० रुपैयाको सब्जी किन्दा हामी पसलेलाई सवै ठाऊमा १५ रुपैयामा दिएको छ तपाई २० रुपैया भन्नुहुन्छ , महँगो भन्नुभयो भन्छौ ।
अनि हामी अरु २/४ ठाउँ सब्जी खोज्दै हिडछौ । अनी सब्जीको भाउ घटाउन हामी कैल्यै भुल्दैनौ । तर सेयर र सब्जीमा फरक यति छ की सेयको भाउ हामी सिधै विक्रेता संग गर्न सक्दैनौ । मेरो भनाईको मतलव यो हो की हामी २० रुपैयाको सब्जी किन्दा त यसो गर्छौ भने हजारौ लाखौको सेयर किन्दा चै किन केहि नवुझि किन्ने र पछी पछुताउने ? 
हामीले सेयर खरिद गर्दा fundamental analysis लाई केन्द्र विन्दुमा राखेर सेयर किन्ने गर्नु पर्छ । Fundamental analysis अन्तर्गत २ वटा part 1) Quantitative analysis 2) Qualitative analysis हुन्छ । सरल भाषामा भन्नुपर्दा हामीले सेयर किनेको कंम्पनीको EPS कस्तो छ ? EPS भन्नाले Earning par share बुझिन्छ । आफुले किनेको एक सेयर वरावर कम्पनीले कति नाफा कमाई रहेको छ । 
त्यो वुझ्न जरुरी हुन्छ । EPS निकाल्ने तरीका नाफा भागा कुल सेयर संख्या , जस्तो की कुनै ABC भन्ने कम्पनी छ त्यसको नाफा १० लाख छ र सेयर संख्या २ लाख छ भने कंम्पनीले प्रति सेयर नाफा ५ रुपैया कमाउछ । र, उक्त कम्पनीको EPS ५ रुपैया हुन जान्छ । चाहे उक्त कम्पनीको सेयर मूल्य जति सुकै होस । त्यो नाफा कम्पनीलाई भै रहेको हुन्छ नकी सेयर घनिलाई । 
यो कुरा हामीले कसरी थाहा पाउने ? हामीले कम्पनीको Balance set , income statement , cash flow वाट थाहा पाउन सकिन्छ । यसरी विश्लेषण गर्दा जति EPS वढी आउछ त्यति नै उक्त कम्पनीले लगानीकर्तालाई नाफा वढी वाढने हैसियत राख्छ । र त हामीले सेयर किन्दा EPS लाई ध्यान दिएर मात्र किन्नु वुध्दिमानी हुदैन । कम्पनीको EPS राम्रो रहेछ म यस्को सेयर किन्छु भनिहाल्नु हतार हुनेछ । 
जसरी सब्जी मन्डीमा हामीले सब्जी किन्दा हेरे जस्तै सवैकुरावाट clear भएपछी मात्र सेयर खरिद गर्नु पर्छ । अर्को हेर्नै पर्ने कुरा P/E ( Price to Earning ratio ) हो । जस्तो की ABC कम्पनीको EPS रु. ५ आयो कतै यस्को वजार मूल्य प्रति सेयर रु १५००/- छ भने यो सेयर खरिदको लागी महगो हुन्छ । यो over price हो भन्ने वुझ्नु पर्छ । कहिले कहिले यो कुरा हुवहु नमिल्न पनि सक्छ , जस्तो EPS रु ५ मात्र छ , वजारमा सेयरको भाउ वढेको वढेइ छ भने भविश्यमा उक्त कम्पनीले लगानीकर्ता मैत्री निर्णय गर्न लागेको पनि हुन सक्छ । 
यि सवै विषयलाई मध्य नजर गरेर सेयर खरिद गर्ने बानी बसालौ ? र, भन्ने गरिन्छ की नदी तर्दा पारी हेर्नु रुख चढदा माथी हेर्नु भने झै सेयर बजारमा लगानी गर्दा पनि यसै तरिकालाई अवलम्वन गरेर लगानी गर्दा सेयर वाट मनग्य पैसा बनाउन सकिने रहेछ भन्नेमा म ढुक्क छु । सेयर खरिद गर्ने वेलामा पनि धैर्य गुमाउने र विक्री गर्ने समयमा पनि धैर्य गुमाउने गरियो भने यो वजारमा टिक्नै सकिदैन भन्ने वुझ्न जरुरी छ । यस्तै यस्तै विषयमा मेरा निजी अनुभव र विचारको लागी आगामि हप्ता पुन भेटौला ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: