×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली पूँजी बजारमा ‘चिचीको पनि लोभ, पापाको पनि लोभ’ गरेर हुन्न नि !

  • नवराज घिमिरे :- लगानीकर्ता / विश्लेषक 
संसारभरिको सेयर मार्केट भनेको पैसालाई काममा लगाएर आम्दानी लिने ‘प्लेटफर्म’ हो । मैले वारम्वार मेरा लगानीकर्ता / पाठक मित्र माझ पस्कदै आएकोपनि यहि हो की तपाँइले सही कम्पनी छनोट गरेर लगानी गर्नु भएको छ भने तपाई निस्फिक्री रहनुस्, तपाँइले काममा पठाएको पैसाले पैसानै कमाएर आउने छ । 
सेयर मार्केटको लागि मैले एउटा धारणा बनाएको छु । मेरो यो विचारलाई पच्छाउनु हुन्छ भने पक्कैपनि तपाँइले परन्तुमा पैसाले धेरै पैसा वनाउन सक्नु हुनेछ । यो बजारमा कुनै प्रोडक्ट हुदैन , पैसानै प्रोडक्ट हो । यही प्रोडक्टलाई हामी किन्ने र वेच्ने गर्छौ । यो किनवेच गर्न कुनै डेकुरेटेड दुकान खोलीरहनु पर्दैन । मात्र ल्यावटपको ढकन खोल्नुस्, तपाँइको पसल खुल्यो , ल्यापटपको ढकन वन्द गर्नुस तपाँइको पसल वन्द भयो । अव भन्नुस दुनिया भरमा यस्तो पसल अरु कुनै हुन सक्छ ? तपाईलाई २ महिना दुकान खोल्न मन लागेन भने पनि कुनै फरक नपर्ने यो दुकान हो ।
पैसा कमाउनको लागी हामिले सुरुमा कडा परिश्रम गर्नै पर्छ । यति कडा परिश्रम गरौं की उक्त कडा परिश्रम २/४/६/१०/२० जति वर्ष पनि हुन सक्छ । मैले १७-४० (२३ वर्ष) कडा परिश्रम गरें । र, ४० वर्षको उमेरबाट मैले निवृत ( कामवाट अवकास लिए) २३ वर्ष कडा परिश्रम गरेको पैसालाई मैले काममा पठाएं । म ढुक्कछु मैले पठाएका ति खेताला (पैसाले) मलाई बसीबसी पाल्नेछन् । वस आज म mobile / Laptop वाट ति खेताला (पैसालाई ) नियाली रहेको मात्र हुन्छु । 
सेयर बजारमा दुई प्रकारका मानिस हुन्छन् । पहिलो कारोवारी ( Trader ) दोस्रो लगानीकर्ता ( Investor) यि दुईमा फरक यति छ की Trader सँग कुनै भिजन हुदैन भने Investor संग भिजन र मिसन दुवै हुन्छ । अव आफुलाई कारोवारी वनाउने की लगानीकर्ता वनाउने त्यो तपाईकै हातमा हुनेछ । सेयर वजारमा नाफा घाटा दुवै हुन्छ । तर कस्तो अवस्थामा यस्तो हुन्छ त चर्चा गरौं । 
तपाईले कुनै १० कंम्पनीको सेयर लिनु भएको छ त्यसमा १० मा १० सै नाफामा चलि रहेको नहुनसक्छ । हामिले सेयर मार्केटमा नाफा कमाउनको लागी चल्तीको गाडीमा चढनु पर्छ र गाडी स्लो हुँदाकै वखत ओर्लि सक्नु पर्छ । कैले पनि रोकी राखेको गाडीमा चढनु हुदैन किनकी त्यो गाडी कति वेला हिडछ ठेगान हुदैन । र, ओर्लदा पनि गाडी स्लो हुदै गर्दा ओर्लन तरखर गरि हाल्नुपर्छ । 
मैले सुरुवाति समयवाट नै भन्दै आई रहेको छु की सेयर वजार भनेको “भालु” र “साँढे” को यूद्द स्थल हो । यहाँ भालुले जित्यो भने मार्केटले हार्ने गर्छ र साँढेले जित्यो भने मार्केट जित्ने गर्छ । भालु र साढेँ भनेका एकै सिक्कमा रहेका दुई पाटा हुन भन्ने पनि हामीले भुल्नु हुन्न । कहिले भालुले जित्छ हामि आम लगानीकर्ताले हारेको महसुस गर्छौ त कहिले साँढेले जित्छ हामि लगानीकर्ताले जितेको महसुस गर्छौ । नेपाली पूँजी वजारमा अव एक प्रकारको ठूलै सुनामी आउंदैछ । 
दिन दगुना रात चर गुनाको दरले लगानीकर्ता वढीरहेका छन । आगामी कार्तिक २१ गतेवाट हाल चलिरहेको सिस्टम विस्थापित भै नयाँ सिस्टम भित्रदै छ । अन्तत यति सवै कुराले मार्केटलाई उज्यालो तर्फ डोहोर्याउने छ छदैछ तर हामि लगानीकर्ताले चितीको पनिलोभ पापाको पनि लोभ गरेर हुन्न तपाईलाई नाफा छ भने आजकै मितीवाट थोरै थोरै भएपनि नाफा वुक गर्दै जानु वुद्दीमानी हुनेछ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: